म चिच्याउछु
तर मेरा आवाज सुनिन्नन
श्वास फेर्न बाध्य छू
बरु लास म भन्दा
कैयौ गुना जीवित होलान
कालले पनी गिज्याउछ मात्रै
लीन कहिलै आउँदैन
बाच्न मलाई थकाई लागीसक्यो
मलाई जीवन हैन
काल देऊ
पत्याउनु हुन्छ ??
आफ्नो अंगालोमाँ बेर्छन
यौनको प्यास मेट्छन
आफु स्खलित हुन्छ्न
अनी बेपत्ता हुन्छन
यस्तै शिलशिला चलिरहनेछ
म नमरुन्जेल
त्यसैले मलाई नौलो जुनी हैंन
काल देऊ
रूपले मलाई धोका दियो
सुन्दरता, कोमलता, चंचलता
आज अभिशाप भए
हरेक बिहान हरेक रात
म खर्बुजा चिरीए झै चिरिन्छू
मलाई कठ्ठई होइन
मारी देऊ
मलाई जीवन होइन
काल देऊ
No comments:
Post a Comment