मेरो नजरमा गिरैसक्यौ
उठ्ने चेष्ठा नगर
उठ्ने चेष्ठा नगर
ब्यर्थै किन घाऊ कोट्टयाउचौ
अतीत सम्झाउन आउने नगर
बितेका समय फर्किन्न रैछ
टुक्रेको मन जोडीन्न रैछ
जीवनमा अगाडी बढ़ीसकेछू
लडाउन आउने नगर
अतीत सम्झाउन आउने नगर
बितेका समय फर्किन्न रैछ
टुक्रेको मन जोडीन्न रैछ
जीवनमा अगाडी बढ़ीसकेछू
लडाउन आउने नगर
तिम्रो छायाँमाँ पर्न चाहान्न
प्रेमको काहानी कोर्न चाहान्न
गल्ती किन दोहोर्याऊं मैले
तगारो बन्न आउने नगर
हरेस खाएको यात्री हूँ म
निभ्न लागेको दियो हूँ म
प्रेमको दीप बाल्न खोजेझै गरी
झूटको खेती नगर
ब्यर्थै किन घाऊ कोट्टयाउचौ
अतीत सम्झाउन आऊने नगर
No comments:
Post a Comment