‘तीन सय रुपे लाग्छ,’ चालक
तल ब्रेकतिर अनुहार लगाउदैं भन्न थाल्यो |
‘किन मीटर छैन र ?’ चालकले
दिदैं गरेको ठाडो उत्तर सकिन न नपाउदै मामा झोक्किनुभो |
‘जाने भए जाउँ हजुर ,नत्र
समयको मात्र किन बर्बाद गर्नु,’ ऊ पनि हच्च्किने मुडमा रैन्छ |
(मलाई त लाग्याथ्यो कि मामा
अर्को ट्याक्सी खोज्नुहुन्छ | तर भयो ठिक मैले सोचे भन्दा उल्टो | मामाले मलाइ सोही
ट्याक्सी तिर आउने हाते संकेत दिनोभो | "तिर्खा लागे निरमाया , प्यास मेटाउ चिसो
पानीले" भन्ने गीत घंकिरख्या रेछ भित्र | यात्रा शुरु भो | )
‘नेपालाँ जल्ले जे गर्दा नि
हुनी भो है गुरुजी,’ अलि रिशाए जसरि मामाले प्रश्न सोझाउनुभो |
‘को पो नियममा बस्या
देख्नुभाछ र तपाइले ?’
‘आफु नाङ्गो भइयो भने लुगा
खोज्न थाल्नु बुद्धिमत्तापूर्ण हो कि अरु नांगालाइ देखाएर आफु दाहित्वबाट पन्छिनु उचित
हो ?’
(त्यो प्रश्नले बार्तामा
केहि जेलका लागी पुर्णबिराम लाग्यो | ट्याक्सी असन हुदै अगाडी बढ्दै थियो | बाटोमा
मान्छेहरुको ताँती थियो | गुरुजीलाई त्यो भिड छिचोल्न हम्मे परेको सजिलै बुझ्न
सकिन्थ्यो | बाहिर त्यो भिडको टेन्सन , भित्र मामाका नैतिकवान कुरोको टोकसो ,मलाई त
दुर्घट्ना पो होलाकी भन्ने डर लाइराखेको थियो | )
‘के गर्ने हजुर महंगीले
आकाश छोइसक्यो | गाडीको किस्ता तिर्नुपर्छ | स्वास्नी , बालबच्चाको पेट पाल्नुपर्छ
| अनि अलिकति लप्पन छप्पन गरिएन भने त बाच्न सकिन्न काठमान्डूमाँ |’ टाउको तिर हात
राख्दै लामो सास फेर्दै गुरुजी मुखको पसिना पुछ्नुभो |
‘तपाईहरुको पनि कुनी के
जाती यूनियन छ क्यार ! एउटा ग्रुप बनाएर सम्बन्धित सरकारी निकाय संग माग पेश गर्नुस
| यदी जाएज माग छ भने समस्याको सुनुवाई भै हाल्छ नि |’
‘हेर्नुस हजुर सरकार त
सरकारी कर्मचारीहरुको मात्रै हो | बर्षै पिछे उनीहरुको तलब बढाईदीहाल्छ , भैगोनी |
हामी जस्तो मजदुरहरुलाई त यसो आन्दोलन , बन्द पर्दा खेरी यसो उचाल्या जस्तो गर्छन
र आफ्नो अभिस्ठ प्राप्त भएसी चाक फुट्ने गरि भुइँमा थचार्छन | हुनत अरुलाइ के दोष
दिनु ,आफैं गइन्छ केही राम्रो होलाकी भनेर ?’
(त्यो बार्तालाप भैरहँदा ‘छाडेर
काम सारा एक काम रोजी रैछु’ भन्ने गीत बझ्दै थियो | जब त्यो गीतको अर्को पंक्तिले
यो देशमा म एउटा मानिस खोजिरैछु भन्दा म झसंग भए | ट्याक्सी बागबजार पुललाइ देब्रे
पार्दै बसपार्क , भृकुटी हुदैं सिंहदरबार जाने तेर्सो बाटोमा लाग्दै गर्दा | )
‘सानो काम छ बग्गीखाना
छिरौं है गुरुजी |’
‘अलि छिटो गर्नुहोला |’
(गुरुजी सुर्ती मोल्दै
बाहिर निस्के | म पनि गाडी बाहिर निस्के | मामा भित्र छिर्नुभो र केहि क्षणमै
एउटा ट्राफिक लिएर आउनुभो | ट्राफिकले गुरुजी संग केरकार गर्न थाले | मामाले मलाइ
अँगालो हालेर बाहिर लेराउनुभो | अलि परबाट ‘धन्यबाद’ भन्ने शब्द कानमा पर्यो |
स्वर चैं अगिको गुरुजीको झैं लाग्यो | )
........................................................................................................................................................................................साँझ
सुत्ने बेलामा एक झल्को गुरुजीको आयो | के गर्नु सबैको आ-आफ्नै बाध्यताहरु हुन्छन
|

No comments:
Post a Comment