![]() |
| तस्बीर गुगलको सम्पती हो |
जन्म र बाल्यकाल :
पुन्टेले आफ्नो बाऊ यो हो भनेर कहिलै चिन्न पाएन I बीचरोको जन्म एउटा
घरको कोप्चामा भएको थियो I कात्तिक मास्मा छिमेकको टोलको ठुलो कद भएको कालो रंगको
उसको बाऊले उसकी आमालाई बाऊ हुन तछाड मछाड गरीरहेकालाई आफ्नो दाराले धपाएर बिऊ
रोपेको थियो I उसको बाऊले उसको जीवनीमा गरेको एक मात्र उल्लेखनीय योगदान त्यै
मात्र थियो I बिऊ रोपेको ७ महिना
पछी चार दीदी बहिनी सहीत कालो र सेतो रंग मिसिएको
पुन्टे जन्म्यो I दुई चार दिन नबित्दै पुन्टेका दीदी बहिनी स्वर्ग बास भए I त्यसपछि
आमाको दूद चुस्ने उ मात्र एकल दाबेदार निकल्यो I यस अर्थमा उसको भाग्य कड़ा
मान्नुपर्छ I शुक्ल पक्षको चन्द्रमा झै पुन्टे दिनानु दिन हुर्किदै गयो I बाटामा
दुई चार बल्ड्यांग खाँदै उठ्दै फेरी बल्ड्यांग खाँदै उठ्दै उ गल्ली चाहार्न थाल्यो
I आफु अनुकूल काम नहुंदा भुक्ने बिद्या प्राप्त गर्यो I आमाले कसैलाई भुक्दा ऊ पनी
आमा संगै लय लाएर भुक्न थाल्यो I ती मसिना भुकाई बिस्तारै गर्जन जस्ता सुनिन लागे
I मोरो हेर्दा नि सारै दया लाग्दो देखिन्त्यो I त्यां वरिपरिका केटाकेटीहरु उसलाई
बोकर सुम्सुम्याउने गर्थे I कोही बिस्कुट ल्याएर खान दिन्ते त कोही दुनोट ल्याएर
खान दिन्ते I यस अर्थमा पुन्टेको बाल्यकाल सुखदमय थियो I
जवानी :
पुन्टेको जीवनमा एउटा अकल्पनीय मोड़ आयो I ऊ बसिरहेको घर पछाड़ीको घर
मालिकले उसलाई पाल्ने भनेर घर लिएर गयो I उसलाई घर लगेर नुहाईदियो , जुम्रा मार्ने
पाउडर छर्कीदियो र बस्नलाई एउटा सानो चिटिक्कको घर पनी बनाईदियो I सानै भएकोले उ
त्यों घरमा भने त्यति सारो बस्दैनथ्यो I उ मालिकको कोठाको बिस्तारामाँ तातो सिरक
ओढ़ेर सुत्थ्यो I बास्तबमाँ उसको न्वारन पनी त्यही घरमा भएको थियो I पुन्टे भनेर
बोलाउंदा उ पनी बुरुक्क उफ्रेर बोलाको मान्छे पट्टी जान्थ्यो I पुन्टे मै हूँ
भन्ने ज्ञान उसमा आईसकेको थियो I उ त्यसमा घरमा सबैको प्रिय थियो I घरका मान्छेले
उसलाई हात दे भनेर फरमाईस गर्ते , अनी उ नि आफ्नो अगाडी पट्टीको लात्तो उचालेर उनीहरुलाई देखाउत्यो I
कौसी, भर्यांग जहां सुकै ऊसंग मान्छे ब्यस्त रहन्ते I ब्रेकफास्टमाँ प्राय जसो दूध
पाउरोटी र छाकै पीछे मासु उसको खानकी हुन थाल्यो I गु खान सुरु गरिसकेको पुन्टे अब
गु गर्न चै घर बाहिर निक्लिन थाल्यो I मान्छेहरु त्यसलाई देख्दा “यल्ले भाग्य चै
लेर आ रेच” भन्ने गर्ते I
उ सभ्य र सामाजिक बन्दै गयो I प्रत्यक बिहान मालिक संग उ पनी
मर्निंन्ग वाक् गर्न निस्किन्त्यो I बाटामाँ उ माथी कोही कुकुर जाई लाग्न खोजे
मालिकले उसको सुरक्षा गर्त्यो I उसलाई घरमा जो कोही माया गर्ते I बिरामी पर्यो भने
कारमा बसेर उ अस्पताल पुग्त्यो I त्यै कारमा ऊ सहर बजार घुम्न जान्त्यो I ऊ महँगा
साबुनले नुहाउत्यो , महंगा पाउडर र तेल प्रयोग गर्त्यो I उसको काम भनेको घरमा कोही
नौलो मान्छे आउंदा भुक्ने गर्त्यो र घर मालिक आएर चुप भनेसी चुप लाग्त्यो I पुन्टेको जवानिको समय सबै भन्दा
सुखदमय रह्यो I
यदि पुन्टेलाई त्यों मान्छेले आफ्नो घर लगेर नपालेको भए पुन्टे पुन्टे
हुँदैनथ्यो I ऊ भुस्याहा भएर निक्लिन्त्यो I मीठा खाने कुरो होइंन उ फोहोरका
डूंन्गुरमाँ खाना खोजीरहेको हुन्त्यो I मासु पसलको अगाडी कहिले काम नलाग्ने मासु
साहूले फाल्ला र खान पाइएला भनेर कुर्दै बस्त्यो I खान केही नपाएसी गु नै उसको
सर्वोत्तम आहारा हुन्त्यो I रोग लाग्दा उसको उपचार गर्ने कोही हुँदैनथे I रोडमाँ
प्लास्टिक टिप्दै हिड़नेलाई भुक्ने सिबाए उसको खासै काम हुँदैनथ्यो I तर भाग्यले
लेखा आज पुन्टे त्यों टोलको कुकुर मध्य सारै खुसी र संतुष्ट छ I
प्रौढ़ अवस्था र मृत्यु :
समयको भेल संगै पुन्टे बूडो हुँदै गयो I उसमा जवानीमाँ रहेको जोश ,
जांगर , उत्साह सबै हराउँदै गए I उसको भुकाईको गर्जन मत्थर हुँदै गयो I उ सिथिल
बन्दै गयो I पहिले उसलाई नहेरी चित्त नबुझ्नेहरु अब उसलाई चरो मुसो बराबर गर्न
लागे I ऊ उराठ लाग्दो बूढ़ेस्कालको सिरानी लाएर आफ्नो घर भित्र सूतीरहन्त्यो I घरमा
कोही मान्छे आउंदा पहिले ख्रुरूर्रर जाने पुन्टे अब जान नसक्ने भयो I आफ्नो मालिक
संग लाडे पल्टेर खेल्ने , मर्निंन्ग वाक् निस्किने जोस उसमा हरायो I उ भर्यांग
ओर्लिदा उक्लिदा ऐले कसैले वास्ता गर्दैन थे I पहिले भोक नलाग्दा नि खाना
कोच्च्याउन आउने त्यस घरका मान्छेहरुलाई ऐले पुन्टे भोक लायो भनेर रुन थालेसी बल्ल
बासी भात ल्याएर ट्वाकमाँ राख्दीन्ते I कौसीमाँ मुत्दा पहिले केही नभनी पुस्ने
मालिक ऐले लात्ताले हान्ने गर्थ्यो I ऊ घरका मानिसहरु संग टाढा हुँदै गयो I
त्यत्तिकैमा घरमा अर्को सानो नया पुन्टे देखा पर्यो I त्यस घरका
मानिसहरु अब नयाँ पुन्टे संग रम्न थाले I अब उपरान्त पुन्टे भन्ने नाम बोलाउंदा
त्यस घरमा अर्को पुन्टे उफ्रिने र मच्चिने गर्न थाल्यो I कैले काहीं पुन्टे भन्ने
शब्द सुन्दा उ निंद्राबाट झश्यांग हुन्त्यो , ब्युझेर हेर्दा अर्को पुन्टे मालिकले
हातमा लिएको दुनोट भ्याउन कसरत गरिरहेको हुन्त्यो I यसरी पहिले पुन्टेले पाएको सबै
किसिमको माया अब नयाँ पुन्टेले पाऊन थाल्यो I ऊ त्यों एक्लो घरमा दिन रात
बिताऊत्यों भने नयाँ पुन्टे मालिकको बिस्ताराम गएर सुत्थ्यो I ऊ आफ्ना अतीत
सम्झिन्त्यो र कोक्किन्त्यो र रुन्त्यो I
उसको त्यस घरमा केही काम नरहेको चाल पाए पछी एक दिन उसलाई घर बाहिर
घिसारेर निकालियो I सायद घिसारिन्न थ्यो होला यदि ऊ सजिलै निस्केको भए तर उसले
बाल्यकाल देखि बिताएको त्यों घरबाट निकालिन खोज्दा अन्माऊन लागेकी छोरी जस्तो रुने
कराउने गर्न थाल्यो I तर उसको सम्बेदना त्यस घरले सुन्न चाहेंन र ऊ अन्तत घरबाट
निकालियो I
ऊ दुई चार दिन त त्यै घरका मान्छेका मन पलाउला की भन्दै त्यै घर
वरीपरी बस्यो I त्यै घरको पेटीमाँ सुत्यो I राती खाना ल्याईदेलान की भन्ने आसले
बस्थ्यो I बिहान मार्निंग वाक् जान लाग्दा मालिकले केही खान दिन्चंन की भन्ने आसले
बस्त्यो तर उल्टै मालिक दूँगा टिपेर उसको शरीरमाँ बर्साउथ्यो, गालीका फोहोराले
तर्साऊथ्यो I घर वरीपरी बसीरहेको घरका मान्छेले देखेमा माथी बाट हप्काउने ,
दूँगाले हान्ने र नयाँ पुन्टेले पनी दाराले तर्साउने जस्ता कार्यले ऊ त्यस घर
बाहिर धेरै टिक्न सकेन र अन्तत सारै निराश हुँदै पल्लो टोल तीर बसाई सर्यो I
बाहिरी दुनिया संग ऊ सारै अपरिचित थियो I ऊ कुनै घर छेउ सुत्न बस्न
खोज्दा अरु कुकुरहरु उसलाई झम्टीदै आउथे I के गर्ने के नगर्ने भन्ने ऊ जान्दैनथ्यो
I ऊ मालिक र नयाँ पुन्टेलाई कारमाँ गएको बेलांबेलां देख्त्यो I त्यस टोलका
मान्छेहरु पनी बेलां बेलां उसलाई देखाएर “यो त्यै पुन्टे हैंन ?” भन्ने गर्ते I
बूढ़ेस्काल , त्यों माथी यस्ता भययुक्त समय गुजार्न उसलाई धेरै कठिन
भयो I उसको बास बस्ने थलो दिनै पीछे परिवर्तन हुन थाले I ऊ फोहोरका डूंगुरमाँ खाना
खोज्न थाल्यो I गु खान थाल्यो I कोही साथी नभएको पुन्टे सारै एक्लो थियो I
समय जती बलवान यो संसारमाँ केही रहेनछ भन्ने उसले बुझ्यो I पहिले सुख
पाएर पछि दुःख पाउंदा सहन धेरै गारो हुने कुरो उसले बुझ्यो I बूढ़ेस्काल नामक भयानक
रोगले उसलाई कस्नु कस्यो I उसलाई लुतो लाग्यो I छालाका रौहरु खस्न थाले I ऊ कुरूप
बन्दै गयो I सारै कस्टकर जीवन ब्यथित गर्दा गर्दै अन्तंत मोटर साइकलको ठक्करले उसले
आफ्नो इहलीला त्याग गर्यो I सायद मर्न पाउंदाको क्षणमाँ उसलाई सारै आनन्द लाएको
थियो होला ,अब उपरान्त यस्तो कस्ट त भोग्नु पर्दैन भनेर I
सुबास “खिचड़ी”
२०७१/६/२३

No comments:
Post a Comment