पिकनिक इफेक्टले हो की सधै सात नबजी नउग्रिने मेरा आँखा पाच बजेको
अलार्मलाइ उछिनेर साढे तिनमै उग्रियो I अरु बेलांमाँ "बाहिरको जाड़ोको को उठोस चाडो" भन्ने मेरो शरीर आज
आफैं हतार गर्दै थियो I झंडै सात बर्ष पछि हामी स्कूले साथीहरु एककठ्ठा भएर पिकनिक
जांदै थियौ I मन स्कूले जीवन झै चंचल थियो , त्यै बेलाको जोस र जांगरले ज्यान
स्फूर्त भैरहेको थियो I
नियमित कार्य सक्काएर खाजा खाने ठेगान गतिलो नहुन सक्ने अग्रिम
भाबिस्यबाणी गरेर आफैं किचेनमाँ गएर चिया र दुई पुरिया बिस्कुट हसुरेसी म मलाई
बोलाइएको स्थान तर्फ हिडे I मलाई गाडी चड्दा त्यतिको हतार र हस्यांग फस्यांग
जिंदगीमाँ कहिले भएको थिएन होला सायद I स्टेसनमाँ गाडी रोकिंदा मन मनै डाइभरलाई
सराप्न मन लाग्त्यो “कती ढिलो गर्दो रेच यो डांन्ग्रा ” भन्दै I अन्तत कालीमाटी
आइपुग्यो र म गाडीबाट ओर्ले I
सरोजलाई फोन गरे र राजघाटको पुल हुँदै आउनु र हामी संगै दिपेशको घर
जाम्ला भनेर भने I पाइला निकै तेज चल्दै थिए I त्यसैले त त्यों पुलमा म नै चाडै
पुगें र सरोजलाई कुरें I करीब ५ मिनेट नकुर्दै सरोज आइपुग्यो र हामी पुरानो
स्कुलको बाटो हुँदै दीपेशको घर तीर हान्नियौ I
पिकनिक जाने गाडी आइपुगेको रहेनच I सश्मित दिपेशको मै रेच I अनिल र
सुबास गाडी लीन गएका रहेछन I गाडी बाहिर रोड्मा आइपुगेको खबर पाएसी हामी पिकनिकमाँ
चाहिने सामान गाडी तर्फ ओसार्न थाल्यौ I मलिका र पूर्णिमा नि आइसकेको रहेछन र सो
काममा उनीहरूले नि सहयोग गरें I सामान सबै लोड गरेसी हामी आफ्नो गन्तब्य तर्फ
लाग्यौ I बिबेक , जेन र बिजय दाईलाई डल्लू पुलमाँ र सोभालाई कालीमाटीमाँ लिएर हामी
जम्मा १२ जाना कुलेखानी तर्फ लाग्यौ I गाडी एकै छीन कुलेश्वर निर अंडा , मासु
किन्न रोकियो त्यस पछि हामी सिधै कुलेखानी तर्फ हान्नियौ I
गाडीमा सबै एक अर्कालाई गिज्याउदै र स्कूले जीवनका प्रसंग कोट्याएर
बिल्ला हान्दै यात्रा गर्दै अगाडी बढ्यौ I कोही आफ्नो हालत बेहाल रहेको किस्सा
सुनाउदै थिए त कोही आफ्नो जब्को अनुभव सुनाउदै थिए I काम धाम नभएका म जस्ता चै
उनिहरुको कहानी सुन्दै थियौ I गाडीमा लोदर गीतहरु बज्दै थिए र बारम्बार गीत
परिवर्तन गर्न डाईबर दाजुलाई पर्दे थियो I
चोभर फर्पिंग हुँदै हामी पाहिले दक्षिणकाली मुन्याड झर्न लाग्दा पुलिस
दाइले यहाँबाट कुलेखानी जान गारो हुन्छ उहीं फर्पिंगबाट नै दायाँ जाने निर्देशन
पाएसी गाडी फेरी मोडियो र हामी सोही अनुसार कुलेखानी तीर लागेम I गाडी रफ़्तारले
अगाडी बढ्दै थियो I
बिबेकको पेट नी रफ़्तार संगै हुडलिदै रेच I फर्पिंग बाट निकै पर पुगेसी
पिसाप फेर्ने बहानामा गाडी रोकियो I बिबेकले बिहान घिच्या केक पुरै ओकल्यो , पिसाप
फेर्नेले पिसाप फेरे , हरिया डांडाको फोटो खिच्नेले फोटो खिचे र चुरोट तान्नेले
चुरोट ताने र पुन यात्रा अगाड़ी बढ्यो I
त्यांड आ आफ्नो मोबाईलमाँ ज्याक घुसाएर गीत बजाउने कम्पीटीसन चल्यो
एकछीन I पैले मैले बझाएं पुराना नारायण गोपालका गीत देखि पशुपति शर्माको लोक गीत
सम्म तर कोसैलाई टेस परेन I जेनले अंग्रेजी गाना बजायो , सुबासले उसकै तालको र्याप
गीत बजायो , बिबेकले बजायो , सस्मितले बजायो ...............
बाटोमा ससाना भाई बहिनिहरू लालिगुरास बेच्न बसेका हुंदा रेचन , एक
गुच्छा दिपेसले किन्यो र बाटोमा अनेकलाई अब कती टाडा छ कुलेखानी भन्दै सोध्दै हामी
अंतिममाँ दस बजे तीर कुलेखानी पिकनिक स्पट पुगेम
I बिशाल कुलेखानीमाँ पानी तहिराहेका थिए , डून्गाहरु किनारमा देखिन्ते ,
माथि डांडाबाट कुलेखानी साच्चै कंचन र सफा देखिंत्यो I
गाडीबाट ओर्लिदा सबै भोक्ले तर्सित देखिन्ते ! गाडी तल झार्न कठिन छ
भनेर डाइभर दाजुले भनेसी सामनहरु माथी डांडाबाट तल पिकनिक स्पट सम्म सबै मिलेर
झारेम अनी हामीलाई त्यति दुःख दिएर गाडी रित्तै ओर्लेसी डाईभर साइको छ की क्या हो
भन्ने प्रश्न पनी नउठेको चै होइन I
भोक त लायाथ्यो तर कुलेखानीको सुन्दरता देख्दा भोक एक छिन्लाई हरायो I
कुलेखानी र आफ्नो फोटो कैद गर्न तीर हामी लाग्यौ र फोटो सेसन पश्चात काम धमाधम
अगाडी बढ्यो I बिजय दाई हाम्रो हेड कुक हुनुहुन्त्यो उहाँको निर्देशनमाँ हामीले
काम गरेम I
अंडा उसिन्ने , चिया पकाउने , पाउरोटीमाँ बटर दल्ने कामहरु फटाफट
चल्यो र चिया नास्ता गरेम I त्यस पछी मोटर कोसा छोडाउनेलाई जेनले छेराउने भन्दा
हाँसोको फोहोरा छुट्यो एकछीन I आलू खुर्किने काटने , गोलभेडा काटने , अदुवा लसून
पिध्ने कामहरु हामीले सघाएम I अनिलले दाऊरा खोजेर छुट्टै चुलो बनाएर राजमा उसिन्न
बसाली सकेछ I बिजय दाइले मेसै संग पहिले मासु रोस्ट गर्नुभो , प्रन बनाउनु भो र
हामीले १२:३० तीर च्यूरा बदाम सांधेको प्रन र रोस्ट सहितको खाजा खायौ I यो
प्लेटमाँ राखेर बाढ़ने काम चै मलिका पूर्णिमा र सोभाले पाएका थिए I
बिजय दाई पुलाऊ , अचार र तरकारी बनाऊन तीर लाग्नुभो I एक दुई जाना
उहाँको हेल्पर भएर उहाँकै सम्मुख बसेर सहयोग गरेम I केटाहरु बिएर खाने कार्यक्रम र
फोटो सेसन कार्यक्रम तीर लाए I त्यस लगत्तै दीपेश , जेन , सुबास , सोभा , मलिका ,
पूर्णिमा बोटिंग गर्न तीर लाए I हामीहरू उनीहरुलाई किनारमा बसेर जिस्क्याउन थालेम
I खानकी पाक्दै थियो हामी थाक्दै थियौ I
पाच सात जाना साथिहरु फेरी मार्खु घुम्न गए I पिकनिक स्पटमै रहेकाहरु
थप बिएरको चुस्की लिंदै साइडमा आएको अर्को पिकनिक ग्यांग संग रमाइलो गर्न थालेम जस
अन्तर्गत सरोज र एक जाना अंकलको डान्स हेरेर हामी धेरै बेर हासेम I साथिहरु संग
सेल्फी र वेल्फी खिचेम I मार्खु गएका साथीहरु फर्केर आए , एक छीन गुप डान्स गरेम र
धेरै ढीला गर्नु हुन्न भनेर पुलाऊ तरकारी खायौ I खाना खाई वरी पोजपोज्मा ग्रुप
फोटो लिएम र सामान प्याक गरिवरी काठमांडू तीर फर्केम I
अलीकती माथी आएसी कुलेखानी डयाम हेर्न जाने कुरो भयो I पानी निकै
घटेको कुरो देखेम र पुन गाडी तर्फ फर्केम I करीब ५:१५ तीर चिया र माँ प से गर्न
गाडी रोकियो I चीनी नै नहालेको पाच रुपे गोटाको चिया खाएसी हाम्रो गाडी कुद्यो र
एकै चोटी कलंकीमा सोभालाइ झार्न रोकियो I
बिबेकलाई भमिट गर्न चोभर तीर एक चोटी
गाडी रोकिया थ्यो क्यार , पिकनिकमाँ खा जती त्यै ओकाल्यो बज्जेले I त्यस पछि पिकनिकको समीक्षा गर्दै हामी दिपेसको
घर पुगेम , सामानहरु गाडीबाट दिपेसको घर सम्म लगेम I दीपेसको घरमा एक छीन बसेर
रातिको खाजा अगी पिकनिकमाँ बांकी रहेको पुलाऊ मासु खाएम र छिट्टै भेट्ने बाचा सहित
आ आफ्नो घर तीर लागेम I
अन्तमाँ यो पिकनिकको कन्सेप्ट निकाल्ने दीपेश , सामनहरु उपलब्ध
गराईदिने दिपेसको ममी र खानाहरु बनाउन अग्रणी भूमिका निभाउने बिजय दाजुलाई मुरी
मुरी धन्यबाद नदीई रहन म सक्दिन I मेरो बिचारमा यो पिकनिकको मुख्य श्रय उहाँहरुलाई
जान्छ I
 |
| फोटो नि खिचाउनु पर्याछ , लसून नि छोड़ाउन पर्याछ ! डबल डिउटी |
 |
सस्मित जेन बिबेक अनिल पूर्णिमा मलिका सोभा
सुबास सुबास दीपेश सरोज |
 |
| मैयाहरुको पोज |
 |
| डून्गाको रेट चै महँगो लायो , पान से रुपे रे |
 |
| कुलेखानी पिकनिक स्पट |
 |
| के कुरो गर्या केटा हो घरमा लसून अदुवा पीसकै ज्यान हो यो |
.jpg) |
| बिबेक उर्फ़ भमिट म्यान छादेर फ्रेस भएसी नाच्दै "ओप्पा गन्नम स्टाइल" |
 |
| लसून कुट्ने काम अधुरो छोडेर टोली डून्गाको मजा लीन कुदेसी बिरक्तिएर काम पूरा गर्दै |
 |
| हेड कुक बिजय दाई , साथमा हेल्पर अनिल |
 |
| अरु केही हैनं बियरको जोश हो यो |
 |
| खानकी गतिलै थियो , तर दुःखको कुरो २० प्रतिसत नि बुत्याईएन |
 |
| के हेर्याचौ हो अचम्म मानेर , कैले अदुवा लसून पिस्या देख्न नपाकाहरु |
 |
| इन्द्र्सरोवर |
 |
| हल्का मेरो नि फोटो हान्दे त |
 |
| १५० देखी २००० सम्मका जुत्ता कलेक्सन |
 |
| उही बिएर जोस |
 |
| गोलभेडा काटेनी नकाटेनी केही फरक पर्दैन , पछी फल्यात फुलुत भईहाल्छ |
 |
| खै यो चै के गर्या हो मैले नि बुझींन |
 |
| रमाइलो माइक्रो यात्रा |
 |
| केटा हो ! म पकाउदै जान्छु , तिमीहरु मलाई सहयोग मात्र गराओ |
 |
| पाकिस्तानले कती रन हान्यो कुन्नी ? नेट नचलेर झुर भो |
 |
| छिमेकको पिकनिक , एउटा बुडा चै डेंजर नाच्ने हो |
 |
| तातो चिया पछी चिसो चियाको पालो |
 |
| मौसम चै सारै अनौठो थियो , छिनमै गर्मी बनाउने घाम छिनमै बादल लाएर पानी पर्ला जस्तो |
फोटोको लागी मलिका , सोभा र दीपेशलाई ह्रदय देखिनै धन्यबाद
पिकनिक यतिको रमाइलो थियो थेन त्योमहशुस गर्न बाट चुके तर sir ko लेख पढे छि पिकनिक miss गरेर ठुलो भुल गरेछु झै लाग्यो। Salute Ur writingsur skill...
ReplyDelete