![]() |
उ नेताजी पाल्नुभो
आश्वासनका हात हल्ल्लाएर
चिल्लो कोट लगाएर
ठुलो भुंडी हल्लाएर
जुंगामाँ ताउ लगाएर
बाटो फराकिलो बनाओ
फुल गुच्छाको तयारी गर
चाकरीबाद्को मन्चन गर
जनता भएको कर्तब्य निभाओ
उहाँको जय जयकार गाओ
बस्नलाई कुर्सी पुछ्द्याओ
आतिथ्य्ताको फूली टास्द्याओ
भाषणमा मिठो कुरो गर्नुभो
हाम्रा पीड़ा र दुखका निबन्ध फलाक्नुभो
हामीलाई नतमस्तक पार्नुभो
इन्द्रजालले लट्ठ पार्नुभो
हामीलाई सित्तैमा किन्नुभो
हामी बेचिएकामा खुसी थियौ
उहाँलाई आफ्नो प्रमिथस ठान्यौ
उहाँको नोकर बन्यौ
र ठुलो ओहोदामाँ पुर्यायौ
दिन चर्या चल्दै थ्यो
लौ ! नेताजी कता हराउनुभो
गाडीका चिल्ला सिसामा बिलाउनु भो
हामी उहाँलाई भेट्न सहर गयौ
जहाँ दुर्व्यबहार र अपहेलाना पायौ
आफ्नो संकटमोचक नेताजिलाई देख्न पाइएन
भित्र गई भेट्न जान दीईएन
आफ्ना र गाऊँको नामको टिपोट पठायौ
चिन्दीन भन्ने खबर भित्रैबाट पायौ
गरुंगो मनका साथ गाऊं फर्क्यौ
आफ्नो अभागी कर्मलाई धिक्कार्यौ
गाऊं बिकासका कार्यक्रम तुहीए
हाम्रा सपनाहरु एक एक गर्दै चुहिए
तुइनको ठाऊंमाँ पुल आएन
टुकी बत्तीको ठाममाँ बत्ती बलेन
बाटो अझै त्यै कुलेसो हिड्नु पर्छ
पानी लीन चार कोश पर पुग्नुपर्छ
गाऊंको मुहार त्यस्तै रह्यो
नेताजीको मुहार चम्लिको भयो
सराप्यौ आफ्नै दुखी कर्मलाई
अंगाल्यौ बिवस भै पुरानै पीड़ालाई
दिनचर्या चल्दै थ्यो
नेताजी फेरी पाल्नुभो
बिलौनाका साथ दुई हात जोड्दै
लाजका अनेक पर्खाल तोड्दै
हामीलाई रिश उठ्यो
त्यों भन्दा बढ़ी दिल दुख्यो
भुड़ी पहिले भन्दा अली ठुलो भएच उहाँको
कोट पहिले भन्दा अझ चिल्लो भएच उहाँको
हामी सबैलाई चिन्नूहुंदो रेच
हाम्रो गाऊं र नाऊ सबै कन्ठ रेच
भन्नु भो आँशु खासाल्दै “म बाट गल्ती भो”
बिलौना गर्दै माफ़ी माग्नुभो
हाम्रो खुट्टा ढोग्न खोज्नुभो
कैदी जस्तो आत्मसमर्पण गर्नुभो
अघी उठेको हाम्रो रिश अचानक सेलायो
उहाँ प्रति मनमा माया पलायो
भन्नुभो “म परिबंधमाँ परे”
सक्ने जती सबै कोशिस गरें
हामी एकाएक भावुक हुन थाल्यौ
उहाँमा फेरी प्रमिथस देख्न थाल्यौ
र पुरानै गल्ती पुन दोहोर्यायौ

No comments:
Post a Comment