![]() |
| यो तस्बीर गूगलबाट चोरिएको हो |
कहिले काहीं यो मगजाँ ताईन तुइको बिचार फुर्च I
म न्वाइराथें I आँखामाँ साबुन पर्ला भनेर मैले आँखा चिम्लेर मुख तीर
साबुन घसे , कानको पाली आयो I कान भित्र घाऊ थ्यो , त्यसैले साबुन कसरी दलम भन्ने
चिन्ताले मलाई सतायो I ठ्याक्कै त्यै बेलां मलाई यो शरीर बनाउने इन्जीनिएर संग रिश
उठो I
आँखा र कान दुरिले एक अर्काका छिमेकी र इनार्को भित्री सम्बन्ध पनी छन
भंचन क्यारे नाक कान घांटीका डाक्टरहरु I दुबै शरीरका महत्वपूर्ण स्न्यायु अंगमाँ
पनी पर्चन तर आँखालाई दीईएको बिर्कोको सुबिधाबाट बिचरो कान्लाई किन बंचित पारियों
भन्ने मेरो कम्प्लेन हो I आँखोलाई कती आनन्न छ , हेर्न मन लाए च्यातीन्जेल हेर्यो
अनी पुगेसी बिर्को लायो बस्यो, फेरी हेर्न मन लाए फेरी बिर्को उघार्यो I कस्तो
मजाको हाईसंचो ? अनी बिचरो कान सुन्न मन लाउने कुरो छंदा सम्म त उ पनी आफ्नो लोती
ठाडा पारेर सुन्च तर उसलाई टेस नपर्ने ध्वनिबाट बच्न उ संग बिर्को छैन I त्यस्ता
ध्वनि संग बच्न उसले हत्केलालाई गुहार्ने गर्च र हत्केलाले आफुलाई थुनाउदा नि केही
तिखो ध्वनिबाट ऊ सुरक्षित रहन सक्दैन I बिर्को भएको आँखाले आफ्नो इक्षा अनुसार काम
गर्न सक्यो भने बिर्को नभएको कानले आफ्नो इक्षा मारेर बस्नु पर्यो भन्ने निष्कर्ष
निक्ल्यो I बिर्को भएको आँखों सेलेक्टीब हुन सक्यो भने कानलाई त्यो सुबिधा मिलेन
I
फेरी मैले बिर्कोलाई अली ब्रोडर ढंगबाट सोच्ने प्रयत्न गरें I यसको
महात्म्य अली तन्काउन पो सकिन्छ की भनेर I
एउटा सीसीमा चीनी राखिएको छ र त्यसको घांटीमाँ टम्म बिर्को बेरिएको छ
भने कमीला त्यां आउँदै हेर्दै थूक बगाउने सिबाए केही गर्न सक्दैन I तर त्यां
बिर्को नहुंदो हो त आफ्नो पल्टन बोलाएर केही समयमै त्यों चीनी आफ्नो ब्यारेक पुराई
भ्याई सक्छ I त्यसैले बिर्को सुरक्षाको प्रतिक हो I
एक चोटी यो बिर्कोको कनेक्सन हाम्रो देशसंग जोडेर हेर्न मन लायो I
नेपाललाई एउटा सीसी मान्ने हो भने यस भित्र अनेकौ झोल र बहुमूल्य
खुराक मिसिएका छन I यहाँ नुनिलो , पिरो , टर्रो , गुलियो जस्ता सबै स्वादका
खुराकहरु पाइन्छन I बिर्को मुनी महँगो झोलहरु छन् जसले गर्दा यसमा साना चोरदेखी
ठूला ठूला स्तरका चोरहरुको बक्र्दृष्टि परेको छ I बिर्काका पहरेदार गरिरहेका
सिपाहीहरुलाई ब्याक्तिगत प्रलोभनमाँ पारेर यहाँका महँगो झोल्हरू कौड़ीका दाममाँ
बेचिने गरेको छ I फिरंगीहरु बिभिन्न प्रायोजनमाँ आएको बाहाना गर्दै सीसी भित्र
छिरेर यहाँका झोल र अन्य खुराकहरु उनिहरुकोमाँ लगी फाइदा कमाईरहेका छन I हामी भने
यस्ता बहुमूल्य चीजको उपभोग गर्न जानी राखेका छैनौ I हामीले जानेनौ भनेर अरुलाई
सुम्पनु आत्मसमर्पणबादी सोच हो , समयको माग अनुसार आफु पनी दक्ष बन्न सक्नु पर्च I
एउटा बच्चो सानो छंदा आफ्नो गुहू धुन आमालाई लाऊच किनकी उ जान्दैन र सो बारे उसलाई
था पनी हुँदैन तर बिस्तारै उसमा लाज सरम भन्ने चीज उम्रिन्च र बिस्तारै आफैं गर्न
थाल्च I हामीलाई लाज लाग्न पर्ने बेला भएन ? सधै अरुको मुख ताकिरहंदा हामीले
आफैलाई कमजोर बनाईरहेका छौ I
यदी देशको बिर्को राम्रो संग कसिएको हुन्त्यो भने बाहिरी तत्वले देश
भित्रको सम्पतिमाँ आँखा गाड़न त परै जाओस देख्न नि पाउने थिएनन् I तर बर्तमान
स्थिति हेर्दा देशको बिर्को खुकुलो पारिएको छ र यो काम देशको बिर्को कस्ने जिम्मा
दीईएकाहरुबाट गरिएको देखिन्छ I देशको बिर्को फुटाउने कोसिस गरीईराखेको छ र केही हद
सम्म चर्काईएको पनी छ I देशको बिर्को कसिएको छैन I देशको बिर्को उहिले पनी फुटाउन खोजिएको थियो तर
बिर्कोको रक्षा गर्न धेरै सच्चा नेपालीहरुले ज्यान अर्पण गरे र बिर्को चर्किन पनी
दीईएन तर ऐले बिर्कोको रक्षा गर्न पर्ने नै भिजिलान्तेका काम गरिरहेका छन I बिर्को
क्रमै संग श्रृंखलाबद्द ढंगबाट बिस्तारै खुकुलो पारिदै छ , हाम्रो देशको बिर्को
किन खुकुलो पारेऊ भनी कराउन जांदा पिटेर , यातना दिएर पठाईदै छ I देशको बिर्को
बेलैमा नकसे यसलाई खोलेर सत्रु भित्र छिर्नेछन र हाम्रो सम्पति लूटींन सक्छ I
मानिसलाई पनी त बिर्कोको महत्व हुंदो हो I
खोया बिर्क्या प्रसगं यता नजोड्दा नै बेस होला भन्ने ठानेर जोडीन I
प्राय मान्छेहरुमा उम्लिने बानी हुन्छ जून तपाई म जोसुकै नि हुन सक्छ I त्यस्ता
मान्छेहरुलाई बिर्कोको आवश्यकता हुने गर्च I मानिसको लागी बिर्को भनेको संयमता र
धैर्यता हो भन्ने मेरो बुझाई हो I कहिले काहीं मानिसको बिर्को खुकुलो हुन खोज्छ
जस्तै आफुलाई चाहिने भन्दा बेसी भाग खोज्ने ,लहलहैमाँ परेर खराब कार्य गर्न तम्सिने
, पैसामाँ सब थोक देख्ने र यस्ता बेलां
उसलाई बिर्कोको आवश्यकता हुन्छ I यदि उसको बिर्को खुकुलो भा रेच भने उ अधोगति तर्फ
मोड़ीन्च तर यदि उसले उचित संस्कार , पारिवारिक बाताबरण , शिक्षा दीक्षा पाएको छ भने उसको बिर्को खुकुलो हुन पाउदैन र ऊ
असल नागरिक बन्न पुग्च I त्यसैले आफ्नो बिर्को कस्ने गरौं I

बिर्को :))
ReplyDelete