गन्जी ढोका पछाडी खोपिएको किल्लामा झुन्ड्याएर लोग्ने भर्खर खाटमा
पसारिएको थियो I छातीका रौँहरु मुसार्दै , बेलाँ बेलाँ त्याँ जमेका मयलहरु रगड्दै
र त्यै मयल सूँन्ग्दै भाडा माजिरहेकी स्वास्नी तिर हेर्दै उसले कोठामा छाइराखेको
सन्नाटा चिर्यो “ओई पोक्ची , सिद्देन ? चाडो गरन ! मलाई निन्द्रा नपरेर कस्तो गारो
भैसको I”
अन्तिम गिलास पखाल्न लागेकी स्वास्नी अली ठुस्स परेको झैं देखिन्ती I
लोग्नेको अगिको आग्रहमा कुनै प्रतिक्रिया नजनाई भाडा पखाली सक्केसी कोठाको बत्ति
निभाएर एउटा म्याक्सी ज्यानमा उनेर उ पनी झुल पन्छाएर खाटमा पसार्री तर त्यो सानो
खाटमा लोग्ने भन्दा एक हात पर र लोग्नेलाई आफ्नो नितम्बको भाग देखाएर र सुरु हुन्छ
बार्गेनको कथा I
“किन रिसाएछेस ए जाँठी ? भन्न, नपुराएको केहि छ र यो तेरो पोइले ?”
दिनभर ट्याक्सी चलाएर थकित भएर आएको लोग्नेले हल्का रिशको स्वरमा आवेग पोख्यो I
बाहिर कुकुरहरु भुकिरहेका थिए I
स्वास्नीले लोग्नेको त्यो आवेग युक्त बाणी सुनेर नि कुनै प्रतिक्रिया
जनाइन बरु निदाए जस्तो स्वाँन्ग पारेर अगीकै शैलीमा सुतिरही I
लोग्नेले आफ्नो हात स्वास्नीको भुडीमा राख्यो र लामो सास फेरेर केहि
बोल्न मात्र खोज्दै के थियो अकस्मात स्वास्नीले हात उही भए तिर हुर्याईदी तर अझै
केही बोलीन I
प्वाल परेको झुलबाट भित्र छिरेका लामखुट्टेहरु भित्र गुन्गुनाउन सुरु
गरिरहेका थिए I
स्वास्नी संग टास्सिएर लोग्नेले सोध्यो “कारण के हो त भन , समस्या
नभनी कसरी समाधान गर्न सकिन्छ ?” यसरी प्रश्न गर्दा लोग्नेको स्वासले स्वास्नीको
घाँटी तात्तीरहेको थियो I
केहि बेरको मौनता पछी स्वास्नीको बोली बल्ल फुट्यो I उसले भन्न थाली
“तलकी भोटिनीलाई उसको पोइले कस्तो राम्रो जन्तर बनाईदेको रैच ! मलाई देखाको देखाई
गर्चे ! आफ्नो त माइतीले ब्याँ द्या गहना नि त्यो ट्याक्सी ठाँडो किन्दा नास्सिगो
! आइमाईलाई बुच्चै भएर समाजमा हिड्न कम्ता गारो हुन्च, यत्रो जेल त सहें मैले, अब त
मरेनी यसरी बसिरहन सक्दिन I
”
आफुलाई टोक्दै गरेको एउटा लामखुट्टे मारेर लोग्नेले लामो सास फेर्दै
“पख्न ऐले कमाई अली मत्थर भइरेच , अली अली जोगाड गर्दैचु पुग्ने भएसी बनाईदिम्ला
नि त भन्दै स्वास्नीको कान मुन्तिर म्वाई खान थाल्यो I
स्वास्नी कत्ती पनी उत्तेजीत नभईकन लोग्नेलाई उसले गरिरहेको काममा
बाधा पुर्याई बिलौना गर्न थाल्चे “अँ तपैले आफ्नो स्वार्थ पुरा गर्न सधैं मलाई
यस्तै झुटो आस्वासन दिनुहुन्च र आफ्नो स्वार्थ पुरा भएसी मेरा इक्षालाई लात
मार्नुहुन्च ! यो त तपै पुरुषहरुको परिचय नै होनी I
”
लोग्नेलाई सम्भोगको तिब्र चाहाना पलाईसकेको हुन्च I त्यसैले ऊ पनी
स्वास्नीलाई अनेक तरहले फकाउन थाल्च I
स्वास्नीको स्तन सुम्सुम्याउन खोज्दा स्वास्नीले हात झड्कालेर
फाल्देसी केहि लाडे स्वरमा “ मैले फाइनेन्समा तीस हजार जति जम्मा गर्याचु क्या
लाटी , त्यतिले बन्दैन र त्यो छुसी जन्तर ?” लोग्ने आफ्नो स्वार्थ पुर्ती गर्न झुट
बोल्च I
“अस्तिको दशैंमा पाउजु बनाईदिनु भन्दा नि फाइनान्समा दस हजार थ्यो
भन्नुहुन्त्यो , पछी आर चाल पाई हालियो नि कति हजार थ्यो भन्ने” स्वास्नी यसपाल नि
त्यो लाडे बोली र आश्वासनमा फस्ने वालामा थिईन I स्वास्नी बिगतका झुटका उदाहरण पेश
गर्दै वर्तमानका आश्वासन मान्न तयार हुन्न I
केहि सिप नलागेसी लोग्ने स्वास्नीलाई आफु तिर जबर्जस्ती तानेर आफ्नो
सुरुवालको तुना खोल्न थाल्च I
स्वास्नी नि जर्याक जुरुक उठेर , झुलबाट बाहिर निस्की तल भुइँमा
ओछ्यान लाएर सुत्दिन्चे I
लोग्ने नबुझिने दुइ चार वटा शब्द बोल्दै चुरोट सल्काउन थाल्च र लामो
सास लिंदै धुवाँको सर्को कोठा भित्र उढाउन थाल्च I
No comments:
Post a Comment