![]() |
| ऊ त्यो तल्याडको टाएर छेउको पात्र हुन केसप अंकल |
एक पिलेट चाकै पोल्ने पीरो चाउमिन र आधी
मग चिसो पानी पेटमा घुल्न थालेको ५ मिनेट जति भएको थियो होला , म आङ तन्काउदै यता उति नजर डुलाम्दै थें I एक नजर त्यो
त्रिशुली बगरको एक छेऊ तिर मान्छे गुजुम्म परेर उब्या देखें ! नेपाली न परें , मान्छ्या हुल देखेसी हेर्न जान रहर पलाइगो I नजिकीदै गर्दा गीतको शूटिंग झैं देखिन्त्यो | हिरुनी अली उत्तेजक खालको लुगा लाएर कम्मर हल्लाउदै गर्या तातो दृश्य तेतै नजिक गएसी देखें I
एउटो क्याप लाको मगर चाई "आली लच्काउन काम्मर, कास्तो जाम भा जस्तो गरेको" भन्दै ताली पिट्दैथ्यो I उत्ताउलो खालको नाच हेर्न होकी क्या हो बाक्लै भिड थ्यो त्याँ I नजिकै भा स्कुलको भुराभुरी नाकाड सिंगान चुहाउदै , पोइन्ट माथ्याड तान्दै नाच हेर्दै उस्सै दंग थिए I अरु त अरु स्कुलका मास्टर नि पढाउन बिर्सेर त्यै लच्क्या कम्मर हेर्दै दंग देखिन्ते I मलाई नि खुप टेस परिरतो I तर त्यै बेलाँ पेसर हरन बजाउदै पारीबाड पराल जस्तो देखिने बस्तु बोकेर थोत्रो मिनिटाटा (फूटा देखिया जिनिस ) ओरालो झरेको देखें | घरबाट निस्किन लाग्दा आमाले "बाबु ! सकेसम्म गाडीमै जानु , केही सिप नलाए मात्र हिडेस, काल बेला ठिक छैन I अस्ति भखरै नि गामको एउटो भोटेलाई लुट्न खुकुरी बोकेर चोर्न आथेरे त्यो चन्दनी तल्ल्याड बनां " भन्या झल्यास्स सम्झे र गाडी तर्फ लागे | आमाको कुरो टेर्या जस्तो नि हुनी तर कसम त्यसो भन्या सुन्दा सुन्दै म गाडी बेगर गाम जाने पक्षमा चाइ छँदैथिन I
एउटो क्याप लाको मगर चाई "आली लच्काउन काम्मर, कास्तो जाम भा जस्तो गरेको" भन्दै ताली पिट्दैथ्यो I उत्ताउलो खालको नाच हेर्न होकी क्या हो बाक्लै भिड थ्यो त्याँ I नजिकै भा स्कुलको भुराभुरी नाकाड सिंगान चुहाउदै , पोइन्ट माथ्याड तान्दै नाच हेर्दै उस्सै दंग थिए I अरु त अरु स्कुलका मास्टर नि पढाउन बिर्सेर त्यै लच्क्या कम्मर हेर्दै दंग देखिन्ते I मलाई नि खुप टेस परिरतो I तर त्यै बेलाँ पेसर हरन बजाउदै पारीबाड पराल जस्तो देखिने बस्तु बोकेर थोत्रो मिनिटाटा (फूटा देखिया जिनिस ) ओरालो झरेको देखें | घरबाट निस्किन लाग्दा आमाले "बाबु ! सकेसम्म गाडीमै जानु , केही सिप नलाए मात्र हिडेस, काल बेला ठिक छैन I अस्ति भखरै नि गामको एउटो भोटेलाई लुट्न खुकुरी बोकेर चोर्न आथेरे त्यो चन्दनी तल्ल्याड बनां " भन्या झल्यास्स सम्झे र गाडी तर्फ लागे | आमाको कुरो टेर्या जस्तो नि हुनी तर कसम त्यसो भन्या सुन्दा सुन्दै म गाडी बेगर गाम जाने पक्षमा चाइ छँदैथिन I
अगाडीको सिट त एउटा भुँडी
बोकेकी आइमाईले उछिट्याइसकेकी रचिन | त्यहि भर सिदै पछाडीको बाल्कोनीमाँ गएँ I सम्ब्या गाडी रच I मैले त के खार चिन्थे र गाडी चड्न आँट्या बुडाले भन्दै थिए I मैले नि अलि अलि गाइगुइ हल्ला चाई सुन्या हुम सम्ब्या बार्याँ I मोरो जाँडको अक्खा भक्त नै हो रे , घ्याम्पो रित्त्याउने कलाँ धुसिनी ,पतेनी ,काउले सप्पै गाममा पर्सिद्दी कमाएको रे I
अन्दाजी २५ जाना जति भएसी गाडी हुँइक्यो जोरचौताराको
लक्ष लिएर I हामी पनि हुँइक्यौ बुइनी मिनीटाटामाँ I कोइ त्यो मिनिटाटाको अगाडीको
पट्टिको गोरुको जुरोजस्तो उठ्या भागां जांगेमा च्यातिया पोइन्ट लार आन्तरिक छाला
प्रदशन गर्दै बसिरहेका थिए I कोहि “धन्न गाडी पाइयो , नत्र क्यारी पुगीन्त्तो
हिडेर त ? सहराँ हिड्ने काम फिटिक्कै हुन्न , अफिस जाउ गाडी , घर आउ गाडी” भन्दै
सहरी महात्म्य छाट्दै थे I एउटी आइमाई ज्यानां भोटो मात्र लाको छोरोलाई दुद
चुसाईरहेकी थिई I छोरो चाई कुपोसन ला हो कि खै के हो सारै सुइखुट्टे थ्यो ! गाडी
कुदाउदा आको बतासले लाला जस्तो I कानुन लाग्ने डरले त्याँ धेर जेल आँखा नलाई छेउमा
बसेका भोटिनी तिर नजर लाएँ I भोटिनी दिदी बुइनीहरू आफ्नै भाषा छिल्लिरहेका थे I म
तिर हेरेर हास्ते , के भन्या हो आफु भासा फिटिक्कै बुज्दीन I कस्तो खाइलाग्दो ठिटो
रच भन्या हुन्कि , मलाई ख्यासीरा पो हुन् कि अथवा आफ्नै गाम ठामका घटना सम्जेर
हाँस्या हुन् , मैले गाडीबाड ओर्लिदा सम्मन चाल पाइन I गाडीयाँ दोड़ा निला रंगका
बडेमान डब्बा नि राखिया थ्यो I पछी बुजी ल्याउँदा चाल पाइयो गाम तिर रोड खन्न आको
डोजरलाई तेल ल्याइद्या रच गाडीले I
चार पाच दिन अगेर गाम्मा
ठुलो पानी पर्याथ्यो रे भनेर गामबाड खबर नि आइपुग्याथ्यो नेपालै छँदै I तर गाडी आउच
नै भन्नी गरेन्टि नभानी यो पालको संक्रान्तियाँ गोरी जुदाउने कार्जेक्रम चाई
छोराले गाम गएरै हेर्च भन्नी अठोटका साथ छोरोले यो पलान बुन्याथ्यो I नभन्दै गाडी
नि आइद्यो नत्र त्यो तिन घण्टा बाटो हिड्न मलाई अम्रिका पुगे बराबर गारो हुन्तो !
हिडेर गा क्षण सम्जने हो भने ऐले नि त्यसै पसिना छुट्न थाल्च I ठाडो उकालो अनि
घामले ढाड सेक्ने , तोइट ! नभा बोसो नि पागल्च त्यो यात्राले I
अँ म गाडीको कुरै गर्दै थें अल्ली अगेर I बालुवा
, ढुंगाहरु बोक्ने सानो मिनीटाटाँ जाने हो हाम्रो गाम I सिटयुक्त बस , माइक्रो
थोडी हो र ? बस्नुछ भने चाकतिर भए रुमाल ओछ्याएर थ्याच्च बस्ने हो , उठ्ने हो भने
डिलतिर समातेर उब्बिने हो I सिट त उही अगाडी डाइबर भा तिर तिनटा मात्रै हो I उठ्न
भन्दा बस्न निको लाग्ला जस्तो लाएर म नि थ्याच्च बसीहालें I सिटको लोब गरेर भनम न
I गामको बाटो कैले गाडी पश्चिम तिर लच्किन्त्यो , कैले पुर्व लच्किन्त्यो I त्यसो हुँदा छेउका भोटिनी दिदि बुइनीहरु मेरो
छेउ आइपुग्ते हुत्तिदै , छिल्लिदै र मर्नी गरेर थिचेर तेर्सो बाटो आएसी फेरी आफ्नो
स्थान तर्फ फेरी फर्किन्ते I अनि डाइबरलाई धारो हात लाउदै “ कस्तो संग चला हो ,
अली सुस्तरी गए नि पुगीन्च त” भन्ते तर कुरो गम्बिर प्रकिती गर्दा नि उनीहरु त्यसै
हांसीरन्ते I डाइबरले बरा के सुन्तो उनार्को कुरो , हाम्रो कन्टेटर साप जागा भएर
छिल्लिन थाल्नु हुन्तो त्यसपछी ! “भोली गाडी गामबाड तिमी कुदाएर ल्याउन त , सपै
थोक जान्या रचौ ! काँ बेस्सरी कुदाउनी , काँ सुस्तरी कुदाउनी I” अनि खै उनारु बीच भोटे
भाषामा बार्तालाप भो , मैले थोपो बुजे मार्दिनु I
गाडी सुस्तरी नै सहि तर
कुदी राख्या राम्रो I डाइबर्ले बिरेक लाउँदा त मेरी आम्मै धुलो यति बिग्न आउथ्यो
कि त्यो रातमाटोको , उब्ब्या मान्छेहरुका कपाल पुरै पाक्या गहुँ जस्तो भैसक्याथ्यो
भनेसी मेरो नि ब्यान गाउँ जान भनेर जुरेली पौँस बन्न नवरत्न तेल हाल्या कपाल नि
त्याँ मद्देकै नमुना कपाल भइसक्याथ्यो होला I सास फेर्न गारो हुन थालिसक्याथ्यो
मलाई I क्यार्नु सास रोक्न बिस्राम लिन नपाइदो रेच जीवना I नत्र त्यस्तो गारो
भैसक्याथ्यो I मान्छेहरु त भन्ते यो ठाँडो गाडीमा जानु भन्दा अलिकति सरिर्लाई
सास्ती मात्र हो हिडेर जान बौत आनन्न छ भनेर , क्यार्नु ? गाडीका गाडी भनेर मरी
हत्ते गरियो I
गाडी सुबिदाले गामका
मान्छेहर्लाई बउत पाटे अल्छी बनाएच ! पैले पैले गल्छी बाड ५० किला मलको धोक्रो
बोकेर नि मान्छेहरु गामबेसी गर्ते ! ऐले गाडी भएसी त्यै चंदनी देखी रैकल धारो सम्म
जान नि काठमान्डू तिर बस स्टपाँ गाडी कुरेर बस्या जसरि बस्दा रचन I अज कति त
डाइबरलाई “म फलानो ठामको चिलानो पाटा छेउ गाडी कुरेर बस्याचु है” भन्दै डाइबरलाई
मोबिलाँ फुन लम्बर नि गर्चन रे I तर जे होस् गाडी भाको कारणले मल , बिउ , बिजन तथा
गामका लोकल पसलेहरुलाई गल्छी , काठमान्डूबाट सामान गाम सम्म पुर्याउन धेरै सजिलो
बनाएको प्रस्ट देखिन्तो I बरु मलाई गाडी घच्याक घुचुक हुँदा डर लाउत्यो , गाम्ले
जनताहरु आरामले बस्याथे I यसाड नि उनारु गाडी संग अभ्यस्त भइ सक्या कुरो जनाउत्यो
I
करिब एक घन्टाको बस यात्रा
पश्चात गाडीबाट मान्छेहरु ओर्लने गति सुरुभैसकेकोथ्यो I गाडी भाडा चाई सहर तिर
जस्तै ओर्लने बेलाँ ठ्याक्क दिने सिस्टम रेच I गामको प्योर भाले गाडी भाका कारणले
बिद्यार्थी सौलियत चाइ नदिदो रेच I स्यार्र स्यार्र चिसो हावा लाग्न थालिसक्याथ्यो
I जोर चौताराको पाखो देखिन थालीसक्याथ्यो I म कानाँ यारफुन कोचेर पाश्चात्य संगीत
श्रवण गरिराख्याते I गाडीमा मान्छेहरु नि पातली सकेका कारनले गोडा पसारेर बस्नु
परो भनेर यसो तन्काउन लाया गोडा निदाएर उल्का पातै भा रेच I एक छिन सारै भाऊन्न भो
I
गर्मी, हल्ला , गाडीले
थचार्या पिडा , भोक , प्यास सप्पैले म निरिह्लाई जिस्क्याईरहेकाथे I म घोस्रे
मुन्टो लाएर उँगीराथें I के बेर मात्रै अगी कानाँ झोस्याँ यारफुना नि गीत अलि
चर्को गरि बज्ने बनाथें I मलाई त केहि
महसुस नै भाथेंन I घटना घटीसकेच , मान्छेहरु गाडी बाड हाम्फाली सकेचन , आइमाईहरु
आत्तिरा रेचन I म चाई कसैले सुन्न नपर्या कोल्ड प्ले सुनेर बरिस्ट टोपलिएर गाडीमै
उँगीरा रैचु I धन्न केसब अंकल नि त्यै गाडीमा थे र मेरो ज्यान बचो I तिनैले कराएर
त म गाडीबाड ओर्ले र त्यो हुन नसक्या याक्सीडेन्टको भाग्यमानी पात्र बन्न सके I
यात्राको दौडांनको क्रममा
तलतिर देखीनै थुप्रो ठाममा कतै टाइर चिप्लिने डरले भुस छर्दै गाडी उकालिएको थियो ,
कुनै ठाममा मान्छेलाई ओरालिएको थियो , कुनै ठाममा गाडी पल्टेला जस्तो भाथ्यो तर
त्यस स्थानमा चैँ अलि बिसेस नै भएच I
(यो अंश मैले गाडी बाट
ओर्ले पछी त्याँ सोदेको भरमा र त्यो घटना पछिको मानचित्र नियालेको आधारमा लेखेको
हुँ I यसको प्रतक्ष्य अनुभव मैले गर्न पाइन )
बाटो उकालोथ्यो I कन्टेटर
सापले “भुस छरेर उकालम” भन्या थे रे I प्राय कन्टेटरले भन्या नमान्ने डाइबरहर्को
बानी नै हो I उसले पर्दैन भनेर गाडी उकालो तिर हुइक्याएच तर आदी जति उकालो कटेसी
गाडी उकालो चड्या ठाम तिरै बग्न थालेच I गुरुजीले अब आफ्नो बल बुता लाग्ने छाँट
गाँठ नदेखेसी कन्टेटरलाई टेको राख गाडी चिप्ल्यो भनेचन I कन्टेटर मोरोको गाडी आफ्नै
हुँदो रच I उ असिन पसिन भएर केहि गर्न नसक्ने हैसियतां पुगेच I अनि नेपाली फिलिमां
हिरोनीको इजत लुट्न खोज्दा खै कखरी चाल पार हो रायस दाई टुप्लुक्क आइपुग्या जसरी हाम्रा
त्याँ चै केसप अंकल खडा भइदिएचन र गाडीबाड हामफालेर चिप्लीरा गाडीलाई टेकोले अडाईदिएचन
I अनि मलाई आर प्याट्ट ढाडा पिटेर ब्युँझाईदिएचन नत्र त सुत्या सुत्यै यमराजको
हवेलिमा पुग्ने रेचु I
“सहर बस्या केटो ! यसो
फुर्ति फार्ती खै ? के यस्तो पोथी जस्तो झोक्र्याएर गाडीमा निदाईरा ? झन्डै चिलिम
फर्क्या थिनस !” हाँस्दै भने केसप अंकलले I मैले बल्ल बास्तबिक घटना चाल पाएँ I
यसो मुन्तिरको भिरां आँखा लाएँ ! मेरा पुसैं , ठुलो भाग्गेले बाचिएच झैँ लागो I
त्यो पुलिसको गाडी हुन्तो र केसप अंकलले त्यस्तो बाहदुरी देखाउते त तिनी असाइ बाट
ठाडै डी एस पीमा बढुवा हुन्ते I त्याँ त त्यै आइमाई बुडाबुडीले “आज केसे नहुन्तो
भने चार धाम नघुमी मरिने रेच” भन्दे I केसप अंकल एकछिन गजक्क परे I त्यत्रो गाडी खस्न
बाड जोगाइदे , मैले त केसप अंकलको भाडा लिन्नन होला कि झैं मान्याथे I तर कता नलिनु
मागी मागी तिनको नि भाडा लिएरै छाडे I
जोर चौतारा आइपुगो I केसप
अंकलको पसल भित्र गएर एक अम्खोरा पानी तुइक्याएर यसो ऐनामा हेर्या त्याँ मेरो
अनुहार भन्दा नि बेसी त्यो गाडीको लम्बर देखिया झैं भाथ्यो I “बा २ ख १८६४ I” बाहिर केसप अंकल पसलाँ चिया चुस्की लाइराका बुडाहर्लाई अगिको
आफ्नो बाहदुरी गाथा फलाक्दैथे I म “ल है त अंकल ज्यान जोगाइदिनुभो” भन्दै आँखातरे
खानीगाम तिर ओर्लिएँ I “बज्जे झन्डै मर्या
थिनस” भन्दै तिनी मलाई गिज्याईराथे I

No comments:
Post a Comment