![]() |
| तस्बिर गुगलको सम्पती हो |
रन्डीपार्क, बेरोजगारपार्क , चटकनगरी आदी इत्यादी जे सुकै भन्नुस सबैले चिन्ने भाषामा यसलाई रत्नपार्क भनिन्छ I यो ठाउँ कसले किन के प्रायोजनलाई बनायो भन्ने जिज्ञासा मेरो मनमा कैले पलाएन तर यो ठाउँले मलाई तिरी नसक्नु गुन लाएकोछ I मेरो जागीर खाने अड्डा पनि यहि हो , खाजा खाने चमेना पनि यहि हो र मनोरन्जन लिने थलो नि यहि हो I
म छब्बीस बर्षे अविवाहित पुरुष हुँ I म पेशाले रोजगारी नभएको तर बेरोजगार पनि नरहेको पात्र हुँ I समाजले मलाई बेरोजगार ठान्छ तर पाकेटमारी र सानोतिनो चोरी डकैती गरेर म आफुलाई रोजगारको श्रेणीमा राख्छु I अविवाहित , बेरोजगार जस्ता कारणले त मेरो बास रत्नपार्कमा औसत हुने गर्छ I
कुरो भदौको मध्य गर्मी तिरको हो I भर्खरै मात्र एउटी सानी फुच्ची संग पन्ध्र
रुपे खर्चेर किनेको एक बोतल पानीले आँत भिजाएर म शितलता खोजीरहेको थिएँ I तर म
शितलता मात्र खोजीरहेको भने थिइन I
रुखको छाँया परेको भागतिर बसेर म शिकार खोजिरहेको शिकारीले झैं आँखा चारैतिर
दौडाइरहेको थिएँ I त्यत्तिकैमा मैले एउटी सेतो रंगको टिशर्ट लगाएकी अधबैसे आइमाई
मेरै पट्टि तिर हेरिरहेको देखें I त्यसले मैलाई हेरेकी होकी मेरो तिर हेरेकी हो
भन्ने बुझ्न आफ्नो वरिपरी कुनै आकर्षणको केन्द्र छ कि भनेर नियाँले I अलि पर
मान्छेको बाक्लो हुल थियो, सायद कुनै चटक मन्चन भइरहेको थियो होला त्यहाँ I
मैले त्यस आइमाई माथी आफ्नो निगरानी अलि कडा पार्न थालें I ऊ बेला बखत मोबाइल
झिकालेर केहि सेकेन्ड बात गर्याझैं गर्ती I म उसलाई बहुत नियालेर हेरिरहेको थिएँ I
कुनै शिकारीले आफ्नो छेउको शिकार भागोस भन्ने चाहान्छ र ?
म भित्र उ नजिक कसरी पुग्ने भन्ने चुनौती खडा भयो I म जुक्ति सोच्दै टोलाइरहेको थिएँ I
“दाई बदाम खाइदिनुस न” भन्दै एउटी केटीले मेरो ध्यान भंग पार्दीई I
“सित्तैमा हो ? लेउन त खाइदिन्छु I” म जिस्कियँ I
“यसको पन्ध्र रुपे हो I” उसले बदाम भरेर पोका पारेर राखेको सोलीको जस्तो
कागजको थैलो देखाई I
“म तिम्रो बदाम किन्दिन्छु तर एउटा सर्तमा मात्र I” मैले भित्र भित्रै जुक्ति
सोची सकेको थिएँ I
उसले सर्त बारे प्रस्ट्याइदीन आग्रह गरेसी मैले उसले गर्न पर्ने कार्य सुनाएँ
I बदाम मलाई बेचेर केटि सर्त मुताविक त्यस आइमाई सामु पुगेर मतिर हाते संकेत गर्दै
मेरो प्रस्ताव ओकली I केहि मिनेट कुरो गरेपछि यो आइमाई म भए तिर अघि बढी I
नजिक आउंदै गर्दा मैले उसको शारीरिक जिउडाल नियाँले I टाइट सेतो टिशर्ट लगाएकी र असाधारण ढंगले ठुला स्तन भएकी ती आइमाइले ओठमा रातो लिपिस्टिक र मुखमा असुहाउदो पाराले पाउडर घसेकी थिई I यति देख्ने बित्तिकै म आजको शिकार यहि हुने भइ भन्ने कुरोमा लगभग पक्का भइसकेको थिएँ I
नजिक आउंदै गर्दा मैले उसको शारीरिक जिउडाल नियाँले I टाइट सेतो टिशर्ट लगाएकी र असाधारण ढंगले ठुला स्तन भएकी ती आइमाइले ओठमा रातो लिपिस्टिक र मुखमा असुहाउदो पाराले पाउडर घसेकी थिई I यति देख्ने बित्तिकै म आजको शिकार यहि हुने भइ भन्ने कुरोमा लगभग पक्का भइसकेको थिएँ I
कम्मरमा हात राखेर ऊ मेरो नजिक आएर उभिई र “मेरो नम्बर माग्न पठाम्नु भाको हो ?”
भनेर केहि लाडे स्वरमा बोली I
“हो” सिबाय केहि बोलिन म I
“किन , केहि काम थ्यो ?” उसले अगी भन्दा अलि कडा स्वरमा बोली तर अगीको जस्तो स्वरमा कुनै लाडेपन मिसिएको थिएन I
“केहि बेरको काम थ्यो” भन्दै मैले कुरो तन्काउन खोज्दै थिएँ I
“ल ! उसो भा कामको कुरो गरौँ न त” , उ अझै बसिन I
“कुन कामको कुरो ?” मैले मेरो आँखा उसका पोटिला स्तनतिर दौडाएं र माहोल अली
रशिलो पार्न खोजें I
उसले नि “कस्तो गर्मी है ?” भन्दै मेरो प्रश्नको जवाफ नदि टिशर्ट भित्र फु फु
... गर्दै अनुहारतिर हातले हम्की I
“कामको कुरो गर्ने त ?” भन्न नपाउँदै उसको मोबाइलको घन्टी बज्यो र उसले मोबाइल
थुनचोली भित्रबाट निकाली र मेरो छेउ थ्याच्च बसी I बस्दा टिशर्ट र पाइन्ट बिचको दुरी निकै उदांगीएको थियो I
फोनको कुरो सक्किने बित्तिकै “त्यस्तां मोबाइल राख्दा , फोन आउँदा करेन्ट
लाग्दैन भनेर सोधें I
“कस्तो कस्तोले त करन्ट लाउन्न , यस्तो जाबा मोबाइलको घन्टीले के करन्ट लाउनु
भन्दै उसले ब्यागभित्रबाट रातो लिपिस्टिक अघिको असुहाउँदो लिपिस्टिकयुक्त ओठमा
लिपी I उ बेला बेलामा टिशर्ट मुन्तिर तान्थी र मैले हेरेर आनन्द लिईरहेको दृश्यमा बाधा पुर्याउथी I सायद उसले मेरो नजर पढीरहेकी थिई I
बाहिर गाडीहरु हर्न बजाउंदै हुइकिरहेका थिए I
बाहिर गाडीहरु हर्न बजाउंदै हुइकिरहेका थिए I
“बिहे गरिसक्नु भयो” भनेर सोध्न नखोज्दा नखोज्दै मुखबाट प्याच्च फुस्क्यो I
उसले प्रश्न नभ्याउदै “छैन , बिहे गरे जस्तो देखिन्छु र ?” भन्दै यसो अनुहार
पुछ्या जस्तो गरी I
“नढाट्नुस न”, मैले चुरोट सल्काएँ I
“तपाइँको कस्सम गर्या खैन, भओ ?” मैले दुई सरो नि राम्रो संग तान्न नभ्याएको मेरो ओठको चुरोट थुतेर उ बुन्ग्बुन्ग्ती
धुवाँ उडाउन थाली I
"जो पायो त्यहिको नि जुठो खान्छन ?" चुरोट खोसिएको रिस मिसाएर सोदें I
जुठो ..... चुरोट नि कैलै जुठो हुन्च ? लामो अट्टहाँसोको साथ उसले जवाफ फर्काई I
"जो पायो त्यहिको नि जुठो खान्छन ?" चुरोट खोसिएको रिस मिसाएर सोदें I
जुठो ..... चुरोट नि कैलै जुठो हुन्च ? लामो अट्टहाँसोको साथ उसले जवाफ फर्काई I
यी आइमाई मैले खोजेको जस्तो रैछे भन्ने मेरो मनमा पक्कापक्की जस्तो भइसकेको थियो I त्यसैले मैले “ जान्छ्यौ ?” भनेर सोधें I म तपाईंको सम्बोधनबाट तिमीमा
झरीसकेको थिएँ I
“कति दिनुहुन्च र ?” उ पनि डिल गर्न आतुर देखिई I
“तिम्रो रेट कति हो र ?”
“तपाइँ कति तिर्न सक्नुहुन्च ?” उ अझै तपाइँकै सम्बोधन लाइरहेकी थिई I
“म दुई सय दिन्छु , एक घण्टाको मेरै कोठामा I”
उसले चुरोटको धुँवा म तिर फ्याक्दै “कुखुराको मासु सोच्नु भओ कि क्या हो ?”
भनेर कड्कीई I
“कति चाइयो त ?”
“आठ से दिनुस बोरु, दुई घन्टे सर्भिस दिम्ला I” आफ्नो रेट सुनाउँदै गुजुल्टो
पारेको कपाल फुकाई र अलीकती मेरो छेउ सरेर आफ्नो साप्रो कन्याए जस्तो गर्न थाली I
“दुई घण्टा चाई के जुट पत्ती खेलेर बस्नु ? दुई सय उंबो म एक सुको नि खर्च
गर्न सक्दिन I” म पनी लचिलो हुने पक्षमा थिइन र यस्तो बार्गेनिन्गको घटना मेरो लागी कुनै नयाँ पनी थिएन I
तेस्रो चुरोट सक्किन आटीसकेको थियो
I छेउमा एउटा भुसिया कुकुर हामी दुईको गफ सुनिरहेको थियो I
ऊ आफ्नो स्वार्थ अनुरुप बार्गेनिन्ग गर्दैथिई भने म मेरो स्वार्थ र गोजीको रकम
नापेर बार्गेनिन्ग गर्दै थिएँ I करिब दस मिनेट जतिको बातचित पश्चात नि हामी कुनै
टुंगोमा पुग्न सकेनौ र हामी एक आपसबाट छुट्टियौं I
ऊ अघी मैले पहिले देखेको ठाउँ तर्फ गोजीमा हात राख्दै टाडीई र म नि मनमनै खुट्टा
भए जुत्ता कति कति भन्दै जादु हेरिरहेका मानिसहरुका बथान तर्फ लागें I ठण्ठन गोपाल
भन्ने अंश शुरु भएको रहेछ I जादु नियमित जस्तो हेर्न आउने भएर हो की मलाइ जादुगरले
बोल्ने डाइलग देखी जादुका सिक्वेन्स पनि कण्ठ भइसकेका थिए I
म चैँ त्यसरी नै जादु हेर्दै मस्त लिने मानिसहरुका गोजी काट्थे I मेरो रोजगारी
, पेशा भन्नु सबै त्यै थियो I म त्यहि जादुको भिडमा प्रत्यक मान्छेलाई नियालिरहेको
थिएँ I त्यत्तिकैमा मैले त्यहि भिडमा अघिको आइमाई पनि केहि खोजे जस्तै गरिरहेको
पाएँ I अकस्मात उसले पनि मलाई देखी र मलाई अली पर हातले संकेत गरेर बोलाई I
म उसको सामिप्य पुगें I उसले सुस्त स्वरमा “दुई सय पच्चीस मात्र दिनुस , म
त्याँड एक पैसो नि घट्न सौदिन I मेरो नि बाध्यता बुज्दिनुस न यार” जिन्दगीको जहाज डुबे जसरी बिलौनाका साथ उसले भनी र लामो सुस्केरा हाली I
मौसम पानी पर्ला जस्तो हुन थालेको थियो I
केहि बेर अघी मात्रै जादुको हुलबाट हात पारेको पर्सको चेन खोलेर भित्र रहेका ५ वटा हात्ती हेर्दै आनन्दभावले "एक हजार दिन्छु , एक रातको तर मैले भने जस्तो सबै आइटम हुनपर्छ , हुन्छ ?" भनेर उसलाई सोधें I केहि नसोची उसले सहमत जनाएको टाउको हल्लाई I मैले उसलाई अँगालो हालेर आफु तिर ताने , उ नि मेरो अंगालोमा रमाएको झैं गर्दैथिई I
केहि बेर अघी मात्रै जादुको हुलबाट हात पारेको पर्सको चेन खोलेर भित्र रहेका ५ वटा हात्ती हेर्दै आनन्दभावले "एक हजार दिन्छु , एक रातको तर मैले भने जस्तो सबै आइटम हुनपर्छ , हुन्छ ?" भनेर उसलाई सोधें I केहि नसोची उसले सहमत जनाएको टाउको हल्लाई I मैले उसलाई अँगालो हालेर आफु तिर ताने , उ नि मेरो अंगालोमा रमाएको झैं गर्दैथिई I
.jpg)
No comments:
Post a Comment