Wednesday, July 2, 2014

ओहो !!!

तस्बिर गुगलको सम्पती हो 
ओहो !
मलाई बिदेस जानुच  
बन्दकी राख्या खोर्या निखन्नुच
कान्छीको ब्याँ लाया रिन तिरी भ्याउनुच
भत्क्या गोठलाई टेको दिनुच
घराँ एउडी लाउरी भुइसी किन्नुच
आमाबालाई चारधाम घुमाउन लानुच
आफ्निलाई नौगेडीको जोडजाड गर्नुच
हो ! मलाइ त पैसो कमाउन बिदेस पो जानुच


ओहो !
मलाइ कम ब्याजीयाँ रिन दिने सज्जन खोज्नुच
गाम्बाड सदरमुकाम बसाइ जानुच
त्याँ एक टुक्रो जिमिन किन्नुच
जस्ताकै भानी एउडो टहरो ठड्याउनुच
दाजुभाईलाई मेरो प्रगति सुंघाउनुच
नाता कुटुम्बलाई मेरो आँट देखाउनुच
हो ! मलाइ त रिन पो खोज्नुच 


ओहो !
मलाइ छोरी तुहाउन बुडिलाई हस्पताल लानुच
कुलको रच्छेको लाइ छोरोको बिउ रोप्नुच
यसाड छोरो हुन्न भने अर्की खोज्नुच
बाआमालाई नाती खेलाउने धोको पुरा गर्नुच
मलाइ पनि त ढिकुरा पुजारी चाइयाच
हो ! मलाइ त छोरो पो चाइयाच


फेरी
सन्नी संकटा पुजा गर्न बाउनलाइ डाक्न जानुच  
आमाको भत्ता लिन सदरमुकाम धाउनुच
त्यै मौकाँ तमाखु नि किन्नुच
मकैआँ हाल्न देसी मल किन्नुच
नुनतेलका लाइ बनां सल्ला खोट निकाल्न जानुच
यसो देसको बार्याँ नि सोच्नुच
चुनाप आउन लाओ , बोलाका नेताका जानुच
कति के कति के सोच्नुच , गर्नुच , भ्याउनुच
भ्याई नभ्याईच
यस्तै छ, कालले गाँज्दै ल्याउदैच
केहि गरेर मरु भन्यो  ........................................
...........................................................................................................

No comments:

Post a Comment