तिमी संगै राख
तिमीले सजाएका संसार
तिमी संगै राख
म अटाउदिन तिम्रो चाहानामा
बाध्याताले मलाइ जताततै खाछ
तिम्रो चोखो माया तिमी संगै राख
मलाई बुझ्न चाहेनौ
खोज्दा तिमीलाई मैले
तिमी भेटिन चाहेनौ
कोशिस माथी कोशिस गरें धेरै
तिमीलाई तिम्रै बाध्यता प्रिय भो
मलाइ मेरै
तिमी आगो बन्यौ
मैले पानी बन्न जानिन
तिमीले फाइदा रोज्यौ
मैले रित्तिन जानिन
अब समीकरण बनाउनुको अर्थ छैन
बनाएर नबन्ने यो मुटु भाछ
बाध्यताले मलाई जताततै खाछ
.jpg)
No comments:
Post a Comment