सुन्दरतामा पनि
कुटिलता लुकेको देख्छु
विश्वासमा पनि फाइदा
नाचेको देख्छु
तिमीले दिएका आश्वासनका स्तम्भहरु
अन्धालाई ऐना दान
दिएझैँ भाछ
तिमीले छाडेपछी
आँशुको मोल निकै
सस्तो भाछ
रक्सीको प्यालले
ज्यान नमातिने भाछ
तिमीले सुनाएका
प्रेमका संगीतहरु
तार छिनेको सारङ्गीझैं
भाछ
तिमीले छाडेपछी
दिन रात जस्तो भयानक
लाग्छ
सत्यतामा झुटले
आफ्नो राज लाद्छ
हामी भेट्ने त्यो
सुन्दर बगैंचा
अचेल सुनसान आर्यघाट
जस्तो भाछ
तिमीले छाडेपछी
बसन्तमा पनि उराठले
ताण्डव नाच्छ
अमृतमा पनि बिषको
गन्ध जाग्छ
तिमीले दिएको मायाका
चिनोहरु
देवताले दिएको श्राप
जस्तो भाछ
.jpg)
No comments:
Post a Comment