Tuesday, April 1, 2014

“पल्लो ढोकाको प्वाल”

चिसोले कठ्यांग्रिएको बिरक्त लाग्दो फोहोर कोठा , कोठाको एउटा कुना ,त्यसमा अडेस लागेको एउटो चार खुट्टे खाट र त्यसमाथी भर्खरै पल्टेको एउटा पात्र I

ऊ भर्खरै मात्र गोडालाई बिजोडी, खुकुलो मोजा ओडाई , टाउकाँ टोपी घुसारी सुत्न आँटेको  मात्र होइन सुतिसकेको थियो I अझ निदाईसकेको थियो I तर उसको निन्द्राको आयु यसरी छोटियो I

 “ह्या ! मुत पनि यहि बेलाँ आउनु पर्ने”
उसले मुत आएको प्रक्रियालाई नभई मुत आएको त्यस समयलाई मनमनै सराप्यो I मन नलागी नलागी उसले सिरकलाई आफ्नो शरीरबाट अलग्ग्यायो र चप्पल पनि नलाई मुत्न हिड्यो पाइखाना तिर I

“पाइखाना” उसको कोठाको ढोकाबाट अरु दुई कोठाका ढोकाका बाटा हुँदै पुग्नु पर्थ्यो I “आच्छु छु छु छु” भन्दै लामो लामो पाइला बनाउदै ऊ पाइखाना तर्फ हुइक्यो I

निन्द्राकै तालमा हिडिरहेको उसले संगैको रमेशदाईको कोठा भित्रबाट अनौठो आवाज गुन्जिरहेको सुन्यो I तर त्यो आवाजको निरिक्षण गरिरहने उसित त्यसबेला धैर्यता र समय दुबै चिज थिएन I उसलाई त सबै भन्दा पहिले आफ्नो शरीर हल्का जो पार्नु थियो I ऊ पाइखाना छिर्यो र हत्तनपत्त मुत्र बिसर्जनको कार्य टुंग्याई मनमनै “माटोको जिनिस भा भए आज त फुट्ने रेछ” भन्दै कोठा तिर फर्कियो I

तर अहिलेको उसको फर्काइमा अगिको जस्तो छटपटाहट थिएन I खाली फिक्री थियो त माघ महिनाको त्यो जाडोसंग जसले उसलाई अगी भर्खर छोडी आएको न्यानो सिरक संगको दुरी धेरै जेलको हुन दिईरहेको थिएन I
पुन रमेश दाइको कोठा छेउ आइपुग्दा त्यो अनौठो आवाज अझै कायमै थियो जसले यसपाली चै उसको पुरै दिमाग त्यतै तिर खिच्यो I

त्यो आवाज आइमाई मान्छेको थियो I कुनै अप्रिय घटनाको लख काटी उसको दाहिने हात एक्कासी रमेशदाइको कोठाको ढोका बजाउन अगी सरे तर त्यति नै बेला अकस्मात तिक्खिएको त्यही आइमाईको आवाजले उसलाई झसंग बनायो र अगी सरिसरेका हातहरुलाई च्याप्प समाते I उसले ति आवाजहरु नजिकै बाट सुनेता पनि त्यसको आशय बुझ्न सकिरहेको थिएन I 
कौतुहलताले सिमा नागेसी उसले आफ्नो कान ढोकामा टाँसेर भित्री घटना बुझ्ने प्रयास गर्यो I उसले फेरी आइमाईको त्यस्तै अनौठो तर अझ तिखो आवाज र त्यसका बिचबिचमा मिस्सिएको पुरुस स्वर पनि सुन्यो I उसको अनुसन्धानको दायरा त्यो समय सम्म स्रिफ त्यहि आवाज सम्म मात्र सिमित थियो  I ढोकाको चेपबाट उसले भित्र कोठामा बलिरहेको बत्तिको मधुरो प्रकाश सिबाय केहि देखेको थिएन I

अचानक उसको आँखा त्यो ढोकाको “प्वालमा” गयो जसलाई उसले त्यो बाटो कैयौं चोटी हिड्दा नि पहिले कैले देखेको थिएन I उसले त्यस प्वाल भित्र हत्तनपत्त आफ्नो आँखा गाडेर भित्र हेर्यो I उसको नजर एउटा फुल अडाइएको गमला जस्तोमा गाडियो I उसले खोजेको बिषय त्यो थिएन I ऊ त त्यो आवाजको श्रोत जान्न चाहन्थ्यो I त्यसैले उसले आँखा अर्को दिशामा मोड्यो I अनि उसले जे देख्यो त्यो उसले पहिले कहिलै देखेको थिएन फिलिममा बाहेक I

त्याँ भित्रको खाटमाथी रमेश दाई ठुला ठुला नितम्ब भएकी एउटी आइमाई संग सहवास गरिरहेका थिए I उसले हत्तनपत्त आफ्नो प्वालमा गाडीएको आँखा बाहिर निकाल्यो तर ति आँखाहरु त्यहि प्वालबाट निक्लिन मानिरहेका थिएनन् I फेरी आइमाई आवाज तिखियो I ऊ फेरी झसंग भयो I यसपटकको आवाजमा उसले पिडा र आनन्दको गन्ध मिस्सिएको पायो I उसले भित्र केहि बस्तु खसेको जस्तो आवाज पनि त्यसको लगतै सुन्यो I

डरले ऊ एकै सासमा आफ्नो कोठामा दौडिएर आइपुग्यो र अचानक कोठाको चुकुल मास्तिर धकेल्यो I उसलाई प्यास लागिरहेको थियो I उसका ओठ मुख सुकेका थिए I जेलबाट भागेको कैदीजस्तो भएको थियो ऊ I सासका गतिले छाती फुट्ला जस्तो भएको थियो I आदी गिलास चिसो पानीले आफ्नो आत भिजाएर ऊ फेरी खाटमा पल्टियो I तर ऊ निदाउन फिटिक्कै सकिरहेको थिएन I त्यहि अगी उसैको आँखाले देखेका दृश्यहरु उसका मानसपटलमा नाचिरहेका थिए I ऊ भित्र भित्रै आत्तिरहेको थियो I ऊ घरी दायाँ कोल्टे परेर सुत्न खोज्थ्यो भने कहिले दिशा परिवर्तन गरेर तर जे सुकै गर्दा नि उसको भित्र भित्रै उम्लिरहेको आवेगले निन्द्राको घाँटी निमोठिरहेको थियो I

ऊ जुरुक्क उठ्यो I अगी निभाएको कोठाको बत्ति बाल्यो र गोडामा चप्पल घुसार्यो तर उसले आफ्नो ढोकाको चुकुल निर्धक्क संग तल झार्न सकेन I उसले आफु आफ्नै कोठा भित्र पहिलो पल्ट असुरक्षित भएको महसुस गर्यो I
शरीरका सबै अंगहरु उसलाई फेरी त्याँ जान उचित छैन भन्दै बन्चित गर्दै थिए तर उसका आँखाहरु त्यो सम्झौतामा बांदिन चाइरहेका थिएनन् I अन्तत सारा शरीर माथी विजय हाँसिल गरी उसका आँखाहरु त्यस प्वालको सम्मुख पुगेरै छाडे I

यसपाली उसले त्यो प्वाल अलि परैबाट देख्यो I प्वालको समिप आइपुग्दा पनि यसपटक उसले अघि जस्ता कुनै आवाज सुनेन I उसलाई त्यस प्वालले आफैंलाई पर्खिरहेकोझैँ लाग्यो I उसले यताउता पनि नहेरी फेरी त्यहि प्वालमा आँखा गाड्यो I तर यसपटक रमेश दाई त्यस आइमाईलाई आफ्नो काखमा लिई कपाल सुम्सुमाइ रहेका थिए I

 ऊ अर्काले मजा लिईरहेको दृश्य हेर्दै रमाइरहेको थियो I उसका शरीरमा तरंगका ज्वार भाटाहरु हम्फाली रहेका थिए I तर अचानक कोठाको बत्ति निभ्यो I उसले झट्ट आफ्नो आँखा बाहिर निकाल्यो र एकै सासमा फेरी कोठा तिर सुस्तरी कुद्यो I

कोठाको चुकुल लाउँदै ढोकाको आडमा ढाड अड्याएर ऊ त्यहीं उब्बिरह्यो I कोठा चारै तिर निहाल्यो I गुटुमुटु परेका सिरकले उसैलाई टुलुटुलु हेरिरहेका थिए I यो पाली ऊ अघि जस्तो खाट तिर अघि बढेन किनकी उसले फेरी केही बेरमा त्यहीं फर्किने निर्यण अगी कुदेर आउँदा आऊँदै गरिसकेको थियो I
उसका दिमागमा ती स्वरहरु र दृश्यहरू एक पछि अर्को गर्दै हम्फाली रहेका थिए I मन शान्त नभएसी ऊ फेरी पाइखाना जाने निउले फेरी त्यस कोठा र त्यस प्वाल तिर हानियो I

यो पटक प्वाल नजिकै आइपुग्दा उसले कोठा भित्रबाट मसिना गुनगुन सिबाय केहि सुनेन I प्वाल मार्फत कोठा भित्र हेर्दा कोठामा अन्धकार मडारीरहेको थियो जुन उसको चाहना मुताबिक थिएन I ऊ त चाहन्थ्यो कि त्याँ फेरी अगीका दृश्य हेर्न र अगिकै ध्वनिहरु श्रवण गर्न पाइयोस I भित्री खुराकमा ताल्चा लागेपछि यसपाली चै उसलाई माघे ठण्डीले शरीरलाई पिटीरहेको अनुभव भयो I उसले फेरी केहि समय पछी त्यस प्वाल बाट भित्र हेर्यो तर चकमन्न अँध्यारो सिबाय केहि हात लागेन I

ऊ निरास भयो I उसलाई केहि महत्वपूर्ण कुरा गुमाएको झैँ लाग्यो I यसपटक शरीरका अन्य भागहरु आँखा माथी “आखिर के पायौ ?”भन्दै प्रश्न गर्दै थिए र गिज्ज्याईरहेका थिए I केही जेल पश्चात पनि सोही घटनाक्रम दोहोरिए पछी हार खाएको गरुङ्गो आँखालाई घिसारेर उसको शरीर त्याँ बाट आफ्नो कोठा तर्फ लाग्यो I

कोठाको चुकुल पनि लाउन बिर्सी ऊ सिदै खाट तिर गएर मनमनै “थुइक्क” भन्दै निराश भएर पुक्लुक्क लड्यो I तर उसमा निन्द्रा पलाउने कुनै बिन्दु जीवित थिएनन् I ऊ ट्वालट्वालति आफ्नो अतृप्त मनको लाचारपनको साची भइरहेको थियो I

केहि सिप नलागेपछि आफ्नो अतृप्तता छोट्याउन उसले आफ्नो मोबाइलमा भएका केहि त्यस्तै खालका फिलिमहरु हेर्यो I तर उसलाई अरुबेलामा आउनेजति मजा यसपटक आइरहेको थिएन I फिलिमका दृश्यमा उसले अगिको झैं सजीवता खोज्नु उसको मुर्खता थियो तर त्यति बेला उसलाई आफ्नो मुर्खता नै प्यारो भइरहेको थियो I बेखुसी मनका बाबजुत सुत्नुको बिकल्प नदेखेर करिब १२:४० तिर ऊ सकस पूर्ण निन्द्राको सागरको डुबुल्की मार्न पुग्यो I  
.................................

बिहान ब्युंझीदा सवा सात जति भएको थियो I शिरक भित्रबाट नमिठो गन्ध आएर उसको नाकको पोरालाई हिर्कायो I उसले थाहापायो , ऊ स्वप्नदोषको सिकार भएको रहेछ I उसका दिमागमा हिजो रातिका दृश्यहरुका केहि पलहरु अझै छाइरहेका थिए I

एक बाल्टिन पानी लिएर ऊ नुहाउन गयो I नुहाउन जाँदा त्यस ढोकाको प्वाललाई पर्दाले ढाकिएको थियो I

करिब १५ मिनेटपछि नुहाएर ऊ त्यहि बाटो हुँदै फर्क्यो I फेरी पनि उसको नजर त्यस प्वालमा गयो तर यो पाली पनि त्यस प्वालको दर्शन पर्दाकै कारणले पाउन सकेन I

ऊ सरासर कोठामा गयो र भात भान्छा गर्न तिर लाग्यो I

त्यत्तिकैमा रमेशदाईले उसलाई बाहिर बाट बोलाउनुभयो I

ढोका खोलेपछी: “म त कोठा सर्न आँटेको भाई , ल ! है त राम्रो संग बस्नु” भन्दै टाटा गर्दै रमेश दाईले उसलाई अभिवादन गर्नुभयो I

उसको मुखले “हवस्” भन्न खोज्दा खोज्दै एक्कासी “किन नि ?” भन्न पुग्यो I

“अफिस जान टाढा पर्यो त्यसैले अफिस नजिकै डेरा खोज्याछु” भन्दै रमेश दाई आफ्नो कोठा तर्फ लागे I

ऊ पुन निरास भयो , रमेश दाईको कोठा सर्ने कुराले I

केहि जेलमा रमेश दाई त्यस घरबाट बिदा भए I ऊ पनि तल गेट सम्म बिदाइ गर्न गएको थियो I

गरुङ्गो मनका साथ ऊ सिढी चड्दै आफ्नो कोठा भए तिर आयो I यो पटक पर्दा नभएकाले उसले त्यस “प्वाल”को दर्शन पायो I उसले रमेश दाइको भुतपुर्व कोठा खोलेर भित्र छिर्यो I उसका आँखाहरु खाट राखिएका स्थान तिर पुगे जहाँ यति खेर केहि थिएन I उसका दिमागमा हिजोका दृश्यहरु अंश अंश गर्दै आइरहेका थिए I

ऊ अन्तत कोठाबाट बाहिर निस्क्यो र ढोकामा चुकुल लाउन लाग्दा उसले फेरी त्यस “प्वाल”लाई पुन एकपटक हेर्यो I तर उसले त्यस पटकको हेराइमा त्यस प्वालको आकारमा निकै साँगुरिएको पायो I 




No comments:

Post a Comment