चिसोले
कठ्यांग्रिएको बिरक्त लाग्दो फोहोर कोठा , कोठाको एउटा कुना ,त्यसमा अडेस लागेको
एउटो चार खुट्टे खाट र त्यसमाथी भर्खरै पल्टेको एउटा पात्र I
ऊ भर्खरै मात्र
गोडालाई बिजोडी, खुकुलो मोजा ओडाई , टाउकाँ टोपी घुसारी सुत्न आँटेको मात्र होइन सुतिसकेको थियो I अझ निदाईसकेको
थियो I तर उसको निन्द्राको आयु यसरी छोटियो I
“ह्या ! मुत पनि यहि बेलाँ आउनु पर्ने”
उसले मुत आएको
प्रक्रियालाई नभई मुत आएको त्यस समयलाई मनमनै सराप्यो I मन नलागी नलागी उसले
सिरकलाई आफ्नो शरीरबाट अलग्ग्यायो र चप्पल पनि नलाई मुत्न हिड्यो पाइखाना तिर I
“पाइखाना” उसको
कोठाको ढोकाबाट अरु दुई कोठाका ढोकाका बाटा हुँदै पुग्नु पर्थ्यो I “आच्छु छु छु
छु” भन्दै लामो लामो पाइला बनाउदै ऊ पाइखाना तर्फ हुइक्यो I
निन्द्राकै तालमा
हिडिरहेको उसले संगैको रमेशदाईको कोठा भित्रबाट अनौठो आवाज गुन्जिरहेको सुन्यो I
तर त्यो आवाजको निरिक्षण गरिरहने उसित त्यसबेला धैर्यता र समय दुबै चिज थिएन I
उसलाई त सबै भन्दा पहिले आफ्नो शरीर हल्का जो पार्नु थियो I ऊ पाइखाना छिर्यो र
हत्तनपत्त मुत्र बिसर्जनको कार्य टुंग्याई मनमनै “माटोको जिनिस भा भए आज त फुट्ने
रेछ” भन्दै कोठा तिर फर्कियो I
तर अहिलेको उसको
फर्काइमा अगिको जस्तो छटपटाहट थिएन I खाली फिक्री थियो त माघ महिनाको त्यो जाडोसंग
जसले उसलाई अगी भर्खर छोडी आएको न्यानो सिरक संगको दुरी धेरै जेलको हुन दिईरहेको
थिएन I
पुन रमेश दाइको कोठा
छेउ आइपुग्दा त्यो अनौठो आवाज अझै कायमै थियो जसले यसपाली चै उसको पुरै दिमाग
त्यतै तिर खिच्यो I
त्यो आवाज आइमाई
मान्छेको थियो I कुनै अप्रिय घटनाको लख काटी उसको दाहिने हात एक्कासी रमेशदाइको
कोठाको ढोका बजाउन अगी सरे तर त्यति नै बेला अकस्मात तिक्खिएको त्यही आइमाईको
आवाजले उसलाई झसंग बनायो र अगी सरिसरेका हातहरुलाई च्याप्प समाते I उसले ति
आवाजहरु नजिकै बाट सुनेता पनि त्यसको आशय बुझ्न सकिरहेको थिएन I
कौतुहलताले सिमा नागेसी उसले आफ्नो कान ढोकामा
टाँसेर भित्री घटना बुझ्ने प्रयास गर्यो I उसले फेरी आइमाईको त्यस्तै अनौठो तर अझ
तिखो आवाज र त्यसका बिचबिचमा मिस्सिएको पुरुस स्वर पनि सुन्यो I उसको अनुसन्धानको
दायरा त्यो समय सम्म स्रिफ त्यहि आवाज सम्म मात्र सिमित थियो I ढोकाको चेपबाट उसले भित्र कोठामा बलिरहेको
बत्तिको मधुरो प्रकाश सिबाय केहि देखेको थिएन I
अचानक उसको आँखा
त्यो ढोकाको “प्वालमा” गयो जसलाई उसले त्यो बाटो कैयौं चोटी हिड्दा नि पहिले कैले
देखेको थिएन I उसले त्यस प्वाल भित्र हत्तनपत्त आफ्नो आँखा गाडेर भित्र हेर्यो I
उसको नजर एउटा फुल अडाइएको गमला जस्तोमा गाडियो I उसले खोजेको बिषय त्यो थिएन I ऊ
त त्यो आवाजको श्रोत जान्न चाहन्थ्यो I त्यसैले उसले आँखा अर्को दिशामा मोड्यो I
अनि उसले जे देख्यो त्यो उसले पहिले कहिलै देखेको थिएन फिलिममा बाहेक I
त्याँ भित्रको खाटमाथी
रमेश दाई ठुला ठुला नितम्ब भएकी एउटी आइमाई संग सहवास गरिरहेका थिए I उसले हत्तनपत्त आफ्नो प्वालमा गाडीएको आँखा बाहिर
निकाल्यो तर ति आँखाहरु त्यहि प्वालबाट निक्लिन मानिरहेका थिएनन् I फेरी आइमाई
आवाज तिखियो I ऊ फेरी झसंग भयो I यसपटकको आवाजमा उसले पिडा र आनन्दको गन्ध मिस्सिएको
पायो I उसले भित्र केहि बस्तु खसेको जस्तो आवाज पनि त्यसको लगतै सुन्यो I
डरले ऊ एकै सासमा
आफ्नो कोठामा दौडिएर आइपुग्यो र अचानक कोठाको चुकुल मास्तिर धकेल्यो I उसलाई प्यास
लागिरहेको थियो I उसका ओठ मुख सुकेका थिए I जेलबाट भागेको कैदीजस्तो भएको थियो ऊ I
सासका गतिले छाती फुट्ला जस्तो भएको थियो I आदी गिलास चिसो पानीले आफ्नो आत भिजाएर
ऊ फेरी खाटमा पल्टियो I तर ऊ निदाउन फिटिक्कै सकिरहेको थिएन I त्यहि अगी उसैको
आँखाले देखेका दृश्यहरु उसका मानसपटलमा नाचिरहेका थिए I ऊ भित्र भित्रै आत्तिरहेको
थियो I ऊ घरी दायाँ कोल्टे परेर सुत्न खोज्थ्यो भने कहिले दिशा परिवर्तन गरेर तर
जे सुकै गर्दा नि उसको भित्र भित्रै उम्लिरहेको आवेगले निन्द्राको घाँटी
निमोठिरहेको थियो I
ऊ जुरुक्क उठ्यो I
अगी निभाएको कोठाको बत्ति बाल्यो र गोडामा चप्पल घुसार्यो तर उसले आफ्नो ढोकाको
चुकुल निर्धक्क संग तल झार्न सकेन I उसले आफु आफ्नै कोठा भित्र पहिलो पल्ट
असुरक्षित भएको महसुस गर्यो I
शरीरका सबै अंगहरु
उसलाई फेरी त्याँ जान उचित छैन भन्दै बन्चित गर्दै थिए तर उसका आँखाहरु त्यो
सम्झौतामा बांदिन चाइरहेका थिएनन् I अन्तत सारा शरीर माथी विजय हाँसिल गरी उसका
आँखाहरु त्यस प्वालको सम्मुख पुगेरै छाडे I
यसपाली उसले त्यो
प्वाल अलि परैबाट देख्यो I प्वालको समिप आइपुग्दा पनि यसपटक उसले अघि जस्ता कुनै
आवाज सुनेन I उसलाई त्यस प्वालले आफैंलाई पर्खिरहेकोझैँ लाग्यो I उसले यताउता पनि
नहेरी फेरी त्यहि प्वालमा आँखा गाड्यो I तर यसपटक रमेश दाई त्यस आइमाईलाई आफ्नो
काखमा लिई कपाल सुम्सुमाइ रहेका थिए I
ऊ अर्काले मजा लिईरहेको दृश्य हेर्दै रमाइरहेको
थियो I उसका शरीरमा तरंगका ज्वार भाटाहरु हम्फाली रहेका थिए I तर अचानक कोठाको
बत्ति निभ्यो I उसले झट्ट आफ्नो आँखा बाहिर निकाल्यो र एकै सासमा फेरी कोठा तिर
सुस्तरी कुद्यो I
कोठाको चुकुल लाउँदै
ढोकाको आडमा ढाड अड्याएर ऊ त्यहीं उब्बिरह्यो I कोठा चारै तिर निहाल्यो I गुटुमुटु
परेका सिरकले उसैलाई टुलुटुलु हेरिरहेका थिए I यो पाली ऊ अघि जस्तो खाट तिर अघि बढेन
किनकी उसले फेरी केही बेरमा त्यहीं फर्किने निर्यण अगी कुदेर आउँदा आऊँदै गरिसकेको
थियो I
उसका दिमागमा ती
स्वरहरु र दृश्यहरू एक पछि अर्को गर्दै हम्फाली रहेका थिए I मन शान्त नभएसी ऊ फेरी
पाइखाना जाने निउले फेरी त्यस कोठा र त्यस प्वाल तिर हानियो I
यो पटक प्वाल नजिकै
आइपुग्दा उसले कोठा भित्रबाट मसिना गुनगुन सिबाय केहि सुनेन I प्वाल मार्फत कोठा
भित्र हेर्दा कोठामा अन्धकार मडारीरहेको थियो जुन उसको चाहना मुताबिक थिएन I ऊ त
चाहन्थ्यो कि त्याँ फेरी अगीका दृश्य हेर्न र अगिकै ध्वनिहरु श्रवण गर्न पाइयोस I
भित्री खुराकमा ताल्चा लागेपछि यसपाली चै उसलाई माघे ठण्डीले शरीरलाई पिटीरहेको अनुभव
भयो I उसले फेरी केहि समय पछी त्यस प्वाल बाट भित्र हेर्यो तर चकमन्न अँध्यारो
सिबाय केहि हात लागेन I
ऊ निरास भयो I उसलाई
केहि महत्वपूर्ण कुरा गुमाएको झैँ लाग्यो I यसपटक शरीरका अन्य भागहरु आँखा माथी
“आखिर के पायौ ?”भन्दै प्रश्न गर्दै थिए र गिज्ज्याईरहेका थिए I केही जेल पश्चात
पनि सोही घटनाक्रम दोहोरिए पछी हार खाएको गरुङ्गो आँखालाई घिसारेर उसको शरीर त्याँ
बाट आफ्नो कोठा तर्फ लाग्यो I
कोठाको चुकुल पनि
लाउन बिर्सी ऊ सिदै खाट तिर गएर मनमनै “थुइक्क” भन्दै निराश भएर पुक्लुक्क लड्यो I
तर उसमा निन्द्रा पलाउने कुनै बिन्दु जीवित थिएनन् I ऊ ट्वालट्वालति आफ्नो अतृप्त
मनको लाचारपनको साची भइरहेको थियो I
केहि सिप नलागेपछि
आफ्नो अतृप्तता छोट्याउन उसले आफ्नो मोबाइलमा भएका केहि त्यस्तै खालका फिलिमहरु
हेर्यो I तर उसलाई अरुबेलामा आउनेजति मजा यसपटक आइरहेको थिएन I फिलिमका दृश्यमा
उसले अगिको झैं सजीवता खोज्नु उसको मुर्खता थियो तर त्यति बेला उसलाई आफ्नो
मुर्खता नै प्यारो भइरहेको थियो I बेखुसी मनका बाबजुत सुत्नुको बिकल्प नदेखेर करिब
१२:४० तिर ऊ सकस पूर्ण निन्द्राको सागरको डुबुल्की मार्न पुग्यो I
.................................
बिहान ब्युंझीदा सवा
सात जति भएको थियो I शिरक भित्रबाट नमिठो गन्ध आएर उसको नाकको पोरालाई हिर्कायो I
उसले थाहापायो , ऊ स्वप्नदोषको सिकार भएको रहेछ I उसका दिमागमा हिजो रातिका
दृश्यहरुका केहि पलहरु अझै छाइरहेका थिए I
एक बाल्टिन पानी
लिएर ऊ नुहाउन गयो I नुहाउन जाँदा त्यस ढोकाको प्वाललाई पर्दाले ढाकिएको थियो I
करिब १५ मिनेटपछि
नुहाएर ऊ त्यहि बाटो हुँदै फर्क्यो I फेरी पनि उसको नजर त्यस प्वालमा गयो तर यो
पाली पनि त्यस प्वालको दर्शन पर्दाकै कारणले पाउन सकेन I
ऊ सरासर कोठामा गयो
र भात भान्छा गर्न तिर लाग्यो I
त्यत्तिकैमा
रमेशदाईले उसलाई बाहिर बाट बोलाउनुभयो I
ढोका खोलेपछी: “म त
कोठा सर्न आँटेको भाई , ल ! है त राम्रो संग बस्नु” भन्दै टाटा गर्दै रमेश दाईले
उसलाई अभिवादन गर्नुभयो I
उसको मुखले “हवस्”
भन्न खोज्दा खोज्दै एक्कासी “किन नि ?” भन्न पुग्यो I
“अफिस जान टाढा
पर्यो त्यसैले अफिस नजिकै डेरा खोज्याछु” भन्दै रमेश दाई आफ्नो कोठा तर्फ लागे I
ऊ पुन निरास भयो ,
रमेश दाईको कोठा सर्ने कुराले I
केहि जेलमा रमेश दाई
त्यस घरबाट बिदा भए I ऊ पनि तल गेट सम्म बिदाइ गर्न गएको थियो I
गरुङ्गो मनका साथ ऊ
सिढी चड्दै आफ्नो कोठा भए तिर आयो I यो पटक पर्दा नभएकाले उसले त्यस “प्वाल”को
दर्शन पायो I उसले रमेश दाइको भुतपुर्व कोठा खोलेर भित्र छिर्यो I उसका आँखाहरु
खाट राखिएका स्थान तिर पुगे जहाँ यति खेर केहि थिएन I उसका दिमागमा हिजोका
दृश्यहरु अंश अंश गर्दै आइरहेका थिए I
ऊ अन्तत कोठाबाट
बाहिर निस्क्यो र ढोकामा चुकुल लाउन लाग्दा उसले फेरी त्यस “प्वाल”लाई पुन एकपटक
हेर्यो I तर उसले त्यस पटकको हेराइमा त्यस प्वालको आकारमा निकै साँगुरिएको पायो
I

No comments:
Post a Comment