कति यादहरु
सम्झनाको कसिंगरमा जलाएँ ।।
कति यादहरु
विस्मृतिको सागरमा बगाएँ ।
कति यादहरु
समयको फाँसीमा चढाएँ ।।
अझै बुझाउन
सकेको छैन मैले आफैंलाई ।
कति यादहरु
टुक्रिएको मनमा सढाएँ ।।
कति यादहरु
पत्रको हरफमा रंग्याएँ ।
कति यादहरु
आँशुको थोपामा बगाएँ ।।
अझै बुझाउन
सकेको छैन मैले आफैंलाई ।
कति यादहरु
गुम्सिएको मुटुमा डढाएँ ।।

No comments:
Post a Comment