"राखिस?”
“दुईटा?”
“काँडेदार वाला?" सम्झन कर लगाउदै
थियो दिपक निर्मललाई ।
निर्मल उत्तर खोज्न आफ्नो पर्स
चाल्न थाल्यो । पर्सको बाहिर पट्टि १२ बर्ष
अगाडी हराएकी उसकी दिदी "निर्मला"को हाँसीरहेको फोटो टास्सीएको थियो । एक निमेष त्यस फोटोलाई खर्चेर उसले पर्स भित्रको खोचमा आफ्नो
औला छिरायो जहाँ हिजै राति मात्र उसैले किनेको र अहिले खोजिरहेको उत्तर चेप्पिएको थियो । उसले
दारी खौरीरहेको दिपकलाई एक पटक नियाल्यो तर आफुले भर्खर भेट्टाएको उत्तर सुनाउन आवश्यक ठानेन ।
"नआत्तिन! जाँठा ।"
"पहिलो चोटी भएर
तँ यसरी आत्या होस् , मजा जवानी मै लिने हो।"
"आज एकचोटी चाख्न
असली फलको मज्जा ।" छिल्लिदै भन्यो दिपकले ।
निर्मल साच्चै आत्तिएको झैं
देखिन्थ्यो । हिजो राती सपनामा
पनि एउटा पोखरीमा धेरै सर्पहरुले आफुलाई घेरेर मारेको देखेको र बिहान देखी नै देब्रे
आँखा फर्फराईरहेको कारणले दिपक समक्ष आज नजाने प्रस्ताव पनि उसले पेश गरेको थियो ।
"तैले फुट्या
कौडी नि राख्न पर्दैन, भएन?”
"अस्ति गाउँबाट
आमाबालाई ट्युसन जान्छु भनेर सात हजार रुप्पे मगाछु ।"
"ट्युसन स्युसन
गोली मार बाबु, आज त जसरि नि जाने हो"
घाँटीमा गलबन्दी कसेर ऊ
बाइकको चाबी खोज्न थाल्यो ।......
जानै मन नलागी दिपकको करले निर्मल बाइकको पछाडी बस्यो ।बाइक अगाडी बढ्यो । दिपकको उत्सुकता अकासीरहेको थियो भने निर्मल
खुसी थिएन । ऊ अझै
दिपकलाई फर्कन कर लगाउदै थियो । तर बाइक गल्ली छिचोल्दै
अगाडी हुइकिदै थियो ।
"कस्तो पोथी
जस्तो रेछ?' यस वाक्यले बोलचालमा केहि जेल पूर्णबिराम
भित्र्यायो ।
"म जान्छु नि
पहिले त, स्याला! फेरी ठुस्स पर्ने होइन नि"
मजाकको रंगले पोत्न खोज्दै थियो दिपक निर्मललाई तर निर्मल केहि कल्पिदै टोलाईरहेको
थियो ।
बाइकले एउटा साँघुरो गल्ली
तर्फ मोड लियो । करिब दुई मिनेट
जति पछी एउटा झुप्रो जस्तो देखिने घर अगाडी बाइक रोक्यो दिपकले । मान्छेको चहल पहल ठाउँ जस्तै
सुनसान थियो ।
"ल, म एकछिन भित्र गएर कुरो मिलाएर आउंछु" भन्दै आफुले खाइराखेको आधी
खिल्ली चुरोट निर्मललाई दिंदै ऊ गल्ली भित्र विलीन भयो । निर्मलले त्यस चुरोट मुखतिर लग्यो तर एक सरो पनि
नतानिकन भुइँ तिर मिल्क्याएर कुल्चियो ।
"ल काम भयो, म भित्र गएँ ।" ज्याकेटको चेन मास्तिर सारेर दिपक अघिको गल्लीतिर मोडियो ।
निर्मललाई त्यहाँबाट निस्केर कतै भागौं जस्तो लाग्यो तर साथीको बचन हार्न नसकेर ऊ समयलाई पर्खिन थाल्यो । गोजी छाम्यो , चुरोट थिएन । अघि फालेको चुरोट एक पटक हेर्यो र कपाल कनाउदै बाइकमा अडेस लागेर उभियो ।
करिब १५ मिनेट पछी ...
"जा! के ठस्स परेर बस्याछस् ?" दिपकले निर्मलको टाउकोमा प्याट्ट हिर्क्याएर भित्र जान इशारा गर्यो । अगाडी सर्न नमानिरहेका पाइला र उसको शरीर खै कुन बलले हो उसले भित्र घिसार्न थाल्यो । अन्तमा "छम्मा च्वाक छे" भन्दै दिपकले आँखा पनि सन्काएको थियो तर उसको त्यो लात्र्याईमा त्यो वाक्यको कुनै प्रभाव परेको थिएन ।
मोबाइलको उज्यालोले अघी दिपक छिरेको नचिनेको गल्लीका अध्यारा छिचोल्दै निर्मल भित्र पस्यो जसले उसलाई एउटा सानो कोठामा पुर्याएर रोक्कायो । कोठामा केहि निभेका र केहि निभ्न चाइरहेका चुरोटका ठुटाहरुका बाहुल्यता थियो । कोठाको एक कुनामा एउटा तन्ना नराखिएको खाट अडिएको थियो । त्यसै खाटको छेउको झ्यालको समिपमा एउटी केटि मान्छे उभिईरहेकी थिईन् । झ्याल बाहिर हेर्दै चुरोट उडाईरहेकी त्यस केटीको अनुहार निर्मलले देख्न पाएन ।
खोकेर निर्मलले आफ्नो परिचय बाड्यो, त्यस कोठा संग र ती केटी मान्छे संग ।
"आइपुग्नुभो?" कोठाको सन्नाटा चिर्दै केटीले आफ्नो परिचय दिई ।
"कति ढिला गर्नु भाको?”
"हाम्रो कामको नारा "चाडै आउनुस र छिटो जानुस" हो भन्ने थाहा छैन?"
मन्त्रमुग्ध स्वरमा चुरोटको धुवा मिसाएर उसले आफ्नो परिचय अझ
बिस्तार गरी ।
निर्मलले केहि बोलेन तर ती आवाजका आशयहरुले उसलाई जरुर तरंगित पार्दै थियो ।
"लुगा आफै खोल्नु हुन्छ कि म खोल्दिउं?" परिचयात्मक संबाद यसरी अगाडी बढ्दै थियो ।
"खेलाइदिऊँ कि
सिधै गर्नुहुन्छ?" चुरोटको ठुटो बाहिर फाल्दै उसले कपाल
जुरो पार्दै भनी ।
निर्मल अझै केहि बोलेन । तरंग अवश्य बढ्दै थियो । ती केटी अझै झ्याल बाहिरै हेर्दै
थिइन् ।
'तपाइँ नयाँ हुनुहुन्छ कि क्या हो?" भन्दै युवतीले मुन्टो निर्मल तिर फर्काई ।
निर्मल झसंग भयो ।
उसका आँखाले सबै चिज देख्दा देख्दै उसलाई अन्धो भए जस्तो लाग्यो । उसले हातले आफ्नो आँखा छोप्यो । उसका कांपेका ओठहरुले "निर्मला"
शब्द चुहाउदै थिए । आँसुहरु झर्न मानिरहेका थिएनन् ।

No comments:
Post a Comment