कमिला जस्ता किराहरु
अनुहारतिर सल्बलाउन थालेपछी म झल्याँस्स ब्युँझिए |
ब्युँझिदा घामको किरण अकस्मात मेरो आँखालाई झम्टन आईपुगेको रहेछ | हत्तनपत्त हत्केला अगाडी सार्न खोज्दा मेरो हात मेरै आदेश मान्न तयार भैरहेको थिएन |
ब्युँझिदा घामको किरण अकस्मात मेरो आँखालाई झम्टन आईपुगेको रहेछ | हत्तनपत्त हत्केला अगाडी सार्न खोज्दा मेरो हात मेरै आदेश मान्न तयार भैरहेको थिएन |
मेरो हात खुट्टा डोरीले
बाँधीएको रहेछ | दाँतको सहायताले पहिले हातको डोरी चुडाऊँछु र सोही हातको मद्धतले
खुट्टालाई पनि डोरीबाट मुक्ति दिलाउँछु | अनि म बिस्तारै उठ्ने प्रयास गर्छु | तर
त्यो प्रयास प्रयासमै सिमित हुन्छ | म उठ्न जान्दिन | म मेरो आफ्नै वजन थाम्न
नसक्ने अवस्थामा रहेछु |
कहाँ बाट यहाँ आइपुगे ?
कसले ल्याएर फाल्यो मलाई यहाँ ? बल्ल दिमागले सोच्ने फुर्सद पाउँछ | म को हुँ ?
मेरो ठेगाना कहाँ हो ? यस्तो प्रश्न तेर्साउँछु आफ्नै दिमाग संग तर दिमाग कुनै
उत्तर फर्काउदैन | ऊ निठुरी भई चुप लागेर मेरो घाऊमा नुनचुक छरे जस्तो लाग्छ |
शरीर तिर नियाल्छु |
लुगाहरु फाटेका छन् | फाटेको लुगा भित्र निला डाम टल्कीरहेकाछन् | घाम तिर खुट्टा
तेर्साउँछु | खुट्टा भरि सुकेका घाउका टाटा देखिन्छन भने हातमा पनि सुकेको रगतको टाटा छरपष्ट
छन् |
सिंगान हत्केलाले पुछ्दै अघिका
जिज्ञासा सोच्दै टोलाऊँछु | तर कुनै जिज्ञासाका उत्तर पलाउँदैनन् | फेरी उठ्न
खोज्छु तर फेरी अर्को प्रयास खेर जान्छु | मलाई कसैले पिटेर यहाँ फालेको अनुमान
दिमागमा उफ्रिन थाल्छ | घाऊ कोट्ट्याऊँदै दिमागमा जन्मेको अनुमानलाई ढाडस प्रदान
गर्छु |
शरीरबाट जन्मिरहेको नमिठो गन्ध
उम्लिदै नाकको पोरा छेड्दै छ | मुख भित्र
अमिलो थुक पौडी खेल्दै छ | झिंगाहरू मेरो वरिपरी
खेल्दै छन् | झिंगाहरु त्यो आलो घाउमा आऊँदै निरिक्षण गर्दै जाँदै मलाई जिस्क्याईरहेका छन्
| झिंगा बारम्बार धपाईरहने बल ममा थिएन | त्यसबेला झिंगा भन्दा म धेरै लाचार र
निहत्था भइरहेको थिएँ |
आफु भन्दा करिब दश मिटर जति
पर एउटा कुकुर निहूँरिदै पानी चाटिरहेको देख्छु | प्यासले डसिरहेको कारणले म सकी
नसकी कुकुर भए तिर घस्रिन विवश हुन्छु | त्यहाँ पानी नै होस् भन्ने लोभ मनमा
पलाऊँछ | कष्टपूर्ण घस्र्याई पश्चात लक्ष्य मेरो सामु आईपुग्छ | तर त्यहाँ न त पानी हुन्छ न त त्यो लोभी कुकुर नै | माटो छाम्छु , ओशिलो हुन्छ | त्यहि ओशिलो माटो मुखमा
राखेर चपाउन थाल्छु | तर केही समयमै उल्टी आउला जस्तो भएसी माटो ओकाल्न मन नलाई
नलाई थुक्न विवश हुन्छु |
अब मलाई तिर्खाले सहि
नसक्नु पाराले चिथोर्न थाल्छ | दिउसै रात परेको भान हुन्छ | मेरा ओठ मुख सुक्न
थाल्छन् | आँखाबाट आँसु झर्न थाल्छन् | प्यास मेट्न आँसुको पनि सहारा लिन्छु | तर त्यो अमर प्यास मर्ने नाम लिईरहेको थिएन | धेरै आँसु आउला कि भनेर
आँखा चिथोर्छु | प्यासले मेरो घाँटी निमोठ्ने गति बढाईरहेको थियो | म लम्पसार परेर
जमिनमा सुत्दै चिच्याउँछु | तर प्यासले अधिपत्य जमाएको घाँटीबाट पर्याप्त आवाज
निस्कन नदिएकोले धित मारेर चिच्याउन पनि पाईरहेको थिईन |
मुटुको धड्कन आकासिदैछ | म
त्यो बेला पानी श्रोत बाहेक केही देख्न चाहादैन थिएँ | आँखा डुलाउदै गर्दा करिब बिस
पच्चीस मिटर पर फेरी अघिको जस्तै रंगको कुकुर अघि जस्तै निहुरिरहेको देख्छु | तर
यस पटक पानी नै पिईरहेको हो, होइन छुट्टयाउन सक्दिन | तर मेरो भौतिक शरीर मलाई नै नसोधी
सोही ठाउँ तर्फ घस्रिन तत्पर हुन्छ |
तर यस पटकको घस्रयाईमा मिसिएको
जोश र जाँगर अघिको भन्दा कैयौं गुणा बडी हुन्छ | ...............................................................................................................................................

No comments:
Post a Comment