Thursday, November 14, 2013

क्यारम !!


भ्रस्टचारीले फूल र मालाको अभिनन्दन पाउँछ
कर्मशील युवा मलेसियाको माटोमा रमाउँछ
धारामा हावा आउँछ ,चीम संग बिजुली रिसाउँछ
गूँद्पाकमा गुहु र पेट्रोलमा पानी मिसाईन्छ
क्यारम !!
यहाँ त एम्बुलेन्सले पनि रक्तचन्दन ओसार्न सघाउँछ

यहाँ बोलीको भन्दा गोलीको भाषा पढाइन्छ
पुलिसकै मिलेमतोमा जनताको ढुकुटी रित्त्याइन्छ
प्रेस स्वतन्त्रता र नागरिक अधिकारको धज्जी उडाईन्छ
न्यायलाई घाँटी अठ्ठ्याएर पासोमा झुन्ड्याईन्छ
क्यारम !!
यहाँ त छोरो जन्मे हर्क बढाँई र छोरी भए गर्भ मै तुहाईन्छ

सीमा क्षेत्रमा छिमेकीद्वारा नारी अस्मिता लुटिन्छन
सिंह दरबारियाहरू आफु चै असुरक्षित भएको महसुस गर्छन
र आफू वरिपरी घुम्ने सुरक्षाका दश्ताहरू थप्छन
जनता बिरामी हुँदा अस्पतालमा ठाउँको अभाव देखिन्छ
क्यारम !!
यहाँ त हाक्षिउ आएकै भरमा नेतालाई चैँ सिंगापुर कुदाईन्छ

नेता आफ्नै मात्र कार्यकर्ताको खाना र तेल खर्छ तिर्छन
जाजरकोटमा निमुखा जनताहरू भोकमरीले पिल्सिएर मर्छन
झाडा पखाला लाग्दा ओखतीको अभावमा यमलोकको बाटो पुग्छन
अनि नेताजी निरिक्षण गर्न हेलिकप्टरबाट सवारी होइबक्सिन्छ
क्यारम !!
यहाँ त ओखती चैं चार दिन लाएर भरियालाई बोकाएर पुर्याइन्छ

गाडीले किचेर मरेको पात्रलाई जबर्जस्ती शहिद घोसणा गराईन्छ
धनीहरु सिरकले किचेर मर्छन , गरिबलाई अभावले किचेर सताउँछ 
धनी र गरिब बीचको खाडलमा मलजल हालेर अझ फास्टाईन्छ
सोझा जनतालाई सपना र आश्वाशन बेचेर भोट कमाईन्छ
क्यारम !!
यहाँ त सित्तैमा पाए मीत सासूलाई नि विदेश भ्रमणमा पठाईन्छ 









No comments:

Post a Comment