Tuesday, August 13, 2013

फोटो ब्लग १: भोर्ले, भुवानीखर्क / सुनौलाबजार-४

पाइखाना भित्रको सरफको बट्टा
धादिंग जिल्लामा पर्ने यस स्थान पुग्न आदमघाट ओर्लेर करिब ५ घण्टा जतिको बाटो हिड्नु पर्छ |


अहिले चैं सदरमुकाम धादिंग बेशीको बीच बजारबाट करिब दुई घण्टाको बस यात्राबाट पनि पुग्न सकिन्छ | यातायातको सुबिधाले अहिले त्यहाँका जिल्लाबाशीहरुलाई ओहोर दोहोर गर्न , बिउ, मल, खाद्यान्न बस्तुहरु ओसार प्रसार गर्न सजिलो भएको सजिलै अनुमान गर्न सकिन्छ | २०६९ /६ /२५  गते तिर  जाँदा खिचेका केही फोटाहरुलाई संग्रह गरी एउटा फोटो ब्लग जस्तो बनाउन मन लाग्यो | त्यसैको मुर्तरुप हो यो |
सुनौला बजारबाट पारि नियाल्दा 


तिऊन (घिरौला आलु र गिट्ठा )

गोठ पछाडीको माकुरो 

ढिकी 

चुलो 

ठुल्दिदी खाजा तयार गर्दै 

भैंसीलाई पानी खुवाउने भाडो 

ढुङ्ग्रो 

ढिंडो 

कोदो : प्रमुख नगदे वाली 

बा , दूध दुदैं 

दूध 

ठुल्दिदी मही पार्दै 

धुप हाल्ने समय 

ठेकी र मदानी 

खुर्पेठ्याक 

जाडो 


































2 comments: