पिलो निचोर्दैमा शरीरको वजन
घट्दैन
तर तिमि त्यस्तै पिलो
खोजीरह्यौ
आफ्नै तर्क सधैं माथि
पारिरहन
वजन घटेको बहानामा
रमाईरह्यौ
मैले भन्थेनी...
सबै प्रश्नहरुका उत्तर
हुदैनन्
तर तिमी तेस्तै प्रश्नहरुमा
अल्झिरह्यौ
मौनताको उत्तर कहिल्यै
बुझेनौ
हार्दा हार्दै पनि सधैं
जितिनैरह्यौ
मैले भन्थेनी...
सुतेको मान्छेलाई मात्रै
ब्युँझाउन सकिन्छ
तर तिमि सुतेको जस्तो नाटक
गरिरह्यौ
यथार्थलाइ छोपी मलाइ सधै
अल्मलाईरह्यौ
ढोंगलाई आफ्नो महानता संग
जोडीरह्यौ

No comments:
Post a Comment