Sunday, August 4, 2013

यो घर कस्को हो ?????


साँधबारी मिचिको
रंग रोगन् खुइलिको
काठरु धमिराले खाको
माकुराले जालो लाको   
बाल बच्चा र प्रौढले मात्र बास गर्ने
युवाहरु कोहि नभको   
यो घर कस्को हो ????? 


बुढाबुढि रोइरहेका
रोगले, अभावले, न्यायले
बाल बच्चाहरु रोइरहेका 
भोकले, पिडाले, जाडोले 
छिमेकीहरुद्वारा बहिस्कृत भको
त्यो विशाल सहरमा हराको  
तर खोजीमा कोहि नलागेको
ढुसि परेर बुङ्बुङ्ति गनाको   
यो घर कस्को हो ?????



जस्ता दस ठाउँमा टालेको 
मुल ढोका नै नभको  
अति जिर्ण भैसकेको   
आकार हराइसकेको 
हावाहुरिले लडाउला जस्तो 
हेर्दा हेर्दै वैराग लाग्ने   
यो घर कस्को हो ????

No comments:

Post a Comment