Wednesday, July 31, 2013

८९

भैरब अर्यालले बर्गिकरण गरे अनुसार ४ प्रकारका भुँडी :

१. हाँडीघोप्टे भुँडी
२. घ्याम्पे भुँडी
३. टाकनटुकन भुँडी
४. ठण्डाराम भुँडी

मेरो उमेर थियो लगभग साढे २१ | पढ्दै थिए , सबै कुरो राम्रै संग चलिरहेको थियो | सोचे जस्तो हुन्न जिबन भन्ने गीत त मैले नि  सुनेकै हो तर जीवनको त्यस पाटोमा खुसिनै थिएँ | सबै कुरो आ-आफ्नै गतिमा अगाडी बढ्दै थिए ,, म अनि मेरो जिवन | तर मेरो शरिरको एक भाग सारै अचम्म संग फस्टाइरहेको थियो , झंगीरहेको थियो |

न त मेरो भुडी अर्यालले भने जस्तो सके सम्म साराको भाग आफ्नै भुडी भित्र लाद्न खोज्ने खालको हाँडीघोप्टे वा घ्याम्पे नै थियो न त नैबेध जुटाउन सत्र तिर दारा तेर्साएर टाकनटुकन गर्न पर्ने नै थियो | खोक्रो बर्गको ठण्डा राम पनि थिएन मेरो भुडी | तेसैले मैले मेरो भुडी को परिचय कोट्याउन आवश्यक ठाने |

खुकुरीको पीर अचानोलाई थाहा हुदैन भनेझै मलाई दिन रात सताइरहेको भुडीले मेरा इस्टमित्र र नातागोतालाई सारै मजा दिईराखेको थियो | कतै भेट्ने बितिक्कै ‘ओहो केटो भुडी त ड्याम्मै बनाइँछस नि ’ भन्दै प्याट्ट पडकाउथें र उनीहरुलाई पनि भुडी बढाउने उपाय बताइदिनु पर्यो भन्थे | एकमन त गाला झर्ने गरि पड्काउन मन लाउथ्यो |क्यार्नु तेस्ता मनमा उब्जेका कुरालाई आफै चड्कन हानेर थुमथुम्याउथे | कोहि चै फलानाको छोरो कस्तो गतिलो ,कस्तो खाईलाग्दो भनेर लाइदिन्थे | आमा बा उतै दङ्ग | यसरी म मेरो आफ्नै भुडीसंग को युद्धमा एक्लै लागि परेको थिए |

कुरै कुरा मा लेख्न भुलेछु ,मेरो ओजन ८९ किलो थ्यो अनि उचाई ५ ‘ ११ ‘ | यही मान राखेर मेरो बि. एम. आइ (body mass index) निकाल्दा  २७.५ आउथ्यो जुन चाहीएको भन्दा बढ्ताथ्यो |  कल्लाई भन्ने मैले यो सब कुरो ! त्यसैले त भनेनी, म युद्ध एक्लै  लड्दै थिए |


मेरो बि .एम. आई कार्ड 
घटना जल्ले मलाई भुडी घटाउन झक्झक्काइरहे :

१.   सार्बजनिक गाडीभित्र:   
गाडी नैकाप आइपुग्याथ्यो जस्तो लाग्छ | पछिल्लो सिटबाट एक जना मेरो ममीको उमेरको मान्छे निस्कन लाग्दै हुनुहुन्थ्यो I समय दिवा तिरको हो | बाहिर प्रचण्ड गर्मि थियो | सिट नपाएकोले म उब्भिरहेको थिए l उहाँ निस्कने बाटो मेरो भुडीले छेकेछ र निस्कने क्रममा उहाले मलाई हेरेर ‘’एक चोटी श्वास तान्नुस त म बाहिर निस्कन्छु  ‘’ भन्ने युक्ति संगै गाडीका सबै खित्का छोडेर हाँसे र म आफ्नो भुडी लाई सराप्दै गुरुजी पछाडी गएर उब्बिय  |

२.  कलेजमा :
   टिटि खेल्दै गर्दा को कुरो हो | म काउन्ट गर्दै थिए | कलेज परिसरमा विद्यार्थी को चहलपहल झाँगिदै थियो | तेत्तिकै एउटा मित्र आइपुग्यो र मेरो भुडी लाई नियाल्दै कति महिना बाकीं छ भनेर सोध्यो | सुरुमा त मैले बुझिन तर धेरै साथिको हाँसो संगै मैले बुझेकि मेरो भुडी ब्याउन लाको आइमाइकोजस्तो भएकोले डेलीभरीको प्रस्न गरिएको रहेछ |

३.      गाउँ जादा :
माघे संक्रान्तिको समयमा गोरु जुदाको हेर्न म तारुका जादैं थिएँ | माथि स्कुल छेउ गाउँले दाईको पसल थियो जहाँबाट येसो चकलेट बिस्कुट किन्न खोज्दै थिए | तेत्तिकै दाईले मलाई ,ओहो ! भुडी पनि टम्म हाल्नुभएछ , घरजम त पक्कै गर्नुभो होला ,,अनि बालबच्चा कति भए भनेर फ्याट्ट सोध्नुभो | येसो अनुहार छामे दारी घोच्ने भारेछ, मैले उहाको प्रस्न को अपेक्चित उत्तर दिएर ओरालो झरे | बाटो मा एक्लै घोत्लिए | दाईको त्यो प्रश्नमा मेरो  दारी र भुडीमा कुन चाहिको ठुलो योगदान थियो भनेर | धेरै ठाउँ बाट लज्जाको पात्र बनाइरहेको भुडीलाई नै मैले ८० % दोस दिए |
   
मेरो भुडीको प्रकार :

   +२ को उत्तरार्धबाट नै मेरो भुडीले गति लिन थालिसकेको थियो तर यसको उचित मल जल भने एम बि बि एसको तयारी गर्दै गर्दा भयो | त्येस बखतको काम भनेको खानि , पढ़नी र अल्छी लाग्यो भने सुत्ने भन्दा म खासै अरु केहि सम्झिन्न | फेरी अर्को नराम्रो बानी के पनि थियो भने अरु कुरो भन्दा भात्नै बडी रुच्ने | बिहान नास्तामा चिया सिबाय केहि नखाने , अनि खाना खाने बेलामा झ्याप्प भात खाएर पढ्न बस्ने | त्यो खाए पश्चात जिउ लट्ठ परे जस्तो हुन्थ्यो र आधी घण्टा नपढ़दै निन्द्रा लाग्थ्यो | सुतेर उठेसी फेरी पढ्न थाल्यो र खाजामा पनि तेही भात नै खान मन लाग्ने | भात खाजा खाएर फेरी पढ्न बस्यो | साझ तिर यसो डुल्न हिड्यो अनि राति तिर फर्केर आएसी फेरी त्यहि भात खायो र एकछिन पढे जस्तो गरेर सुत्यो | यो दैनिकी नियाल्दा के कुरो प्रस्ट हुन्छ भने कार्बोहाईद्रेट युक्त भातको अधिक सेवन र शारीरिक व्यायम अथवा कामको अभावले मेरो भुँडी बढ्दै ८९ किलो सम्म पुग्यो | तशर्थ मेरो भुँडी भाते भुँडी अन्तर्गत पर्न गयो |

( यो लेख गर्दै गर्दा मैले आफ्नै धज्जी  उडाएको जस्तो देखिन्छ तर यो यथार्थ हो | )



4 comments:

  1. तेती सम्म त होइन होला.......

    ReplyDelete
  2. साँच्चिनै हो, त्यो उमेरमा त्यत्तिको भुँडी अलि असामान्य थियो, अहिले त अदनान सामिले के घटायो होला र, त्यो भन्दा सिलिम भा'को छ भन्दा जायेजै होला :)

    ReplyDelete
  3. ८९ बाट ६८माँ चिप्लिए

    ReplyDelete
  4. @दिनेश बन्धु : किन ढाट्नु हजुरलाई ??

    ReplyDelete