माघे संक्रान्तिको अवसर पारेर तारुका गइएको थिइयो | गोरु जुदाउने दिन भोली थियो भन्नाले यो घटना पुष मशान्तको हो |
गाउँ सानो भाको हुनाले कम
चहलपहल थियो | हाम्रो
गाउँतिर मासु खानलाई कि त दशैं नै कुर्न पर्थ्यो कि त माघे संक्रान्ति | फुपु
दिदीले जेठा बालाई गोडा पाचै सय रुपे दिएर मासु ल्याउन अराउनुभो | बुढाबा
पनि केहि समयमा मासु लिएर आइपुग्नुभो | मासु भनेसी बुढालाई नि अत्ति मन पर्ने रेछ | दिदीले
पलास्टिकबाट मासु झिकाल्दै ‘मुर्दारहरुले
सोझोलाई पाएर बोसै बोसो भाको भाग पठाएछन’ भन्दै एकछिन मुर्मुरिन थाल्नुभो |
साँझ आफु नखाने भएनी सारै
रहर लाग्दो गरेर मासु पकाईदिनुभो हामी २ बाउ छोरालाई | मैले पनि
बाख्रा चराएर आएर केहि खाजा खाथिन | साबिक भन्दा त्यस दिन हाम्रो भान्छा अलि
चाडै भाथ्यो | बा र म
मासु हसुर्दै थियौं ,दिदीले
आफुलाई चैं गुन्द्रुक उमाल्नुभारेछ |
खादैं जादाँ एक कचौराजति
मासु बढि हुने देखियो | मेरो
भुडीमा हावा छिर्ने ठाउँ नि थेन र बा पनि थप्न नसक्ने कुरो गर्दै हुनुहुन्थ्यो |
‘किश्ने , बुत्त्याउन पर्छ है एती
मासु त’,दिदि भन्दै हुनुहुन्थ्यो |
एल्ले नि बल गर्छ अलिकति
भन्दै मलाई पनि संकेत गर्दै हुनुहुन्थ्यो |
‘दाल भात भए त कुडों मा हाल्दे भैंसीले भोलि बिहान खाइहाल्थ्यो, मासु
खादैन तेसैले तिमीहरुले फाल्न पाउन्नौ |’
अब आपत पर्यो | नखाउ
दिदि रिसाउने , खाऊ पेटा
हाल्ने ठाउँ छैन |
‘लु ल्याउनु दिदि मलाई अलिकति जे पर्छ पर्छ भन्दै थाल अगी सारे’, मैले | मलाई
राख्ने बित्तिकै बाकीं जति बाकोमा खनाईदिनुभो |
‘खानै मन छैन, तेसै हाल्देर हुन्छ’ भन्दै
बुढा एकछिन गन्गनाए |
चुठ्न जान नि मलाई एती गारो
भो कि त्यो रात | चुठीओरि
म खाट तिर हानिए निदाउन | मासु मासु
बीच भित्र ठाउँको लागि झगडा पर्या भएर होला मलाई बाहिर अप्ठ्यारो महसुस हुदैथ्यो |
खै
धादिंग एफ एम मा नाटक आउदैथ्यो क्यारे , कुन बेला कुन बेला म निदाएछु |
पेट कराउदैरेछ झल्यास्स
बिउझिंदा | कुन्तुरे
बत्ति छाम्छाम छुम्छूम गर्दै खोजे र लागे पाइखानातिर | कहिले
बस्ला भनेर पर्खिरारैछन कि क्या हो , उच्च गतिमा तल माथि दुवै छिद्रबाट झाडा
पखाला बगे | यो कार्य
त्यो रात भर ४ चोटी सम्म चल्यो र चौथौ चोटीको अन्त्यमा मैले अब बाट मासु नखाने
प्रतिज्ञा गरे |

No comments:
Post a Comment