Saturday, March 21, 2015

पुन्टे : a life sketch

तस्बीर गुगलको सम्पती हो 


जन्म र बाल्यकाल :

पुन्टेले आफ्नो बाऊ यो हो भनेर कहिलै चिन्न पाएन I बीचरोको जन्म एउटा घरको कोप्चामा भएको थियो I कात्तिक मास्मा छिमेकको टोलको ठुलो कद भएको कालो रंगको उसको बाऊले उसकी आमालाई बाऊ हुन तछाड मछाड गरीरहेकालाई आफ्नो दाराले धपाएर बिऊ रोपेको थियो I उसको बाऊले उसको जीवनीमा गरेको एक मात्र उल्लेखनीय योगदान त्यै मात्र थियो I बिऊ रोपेको ७ महिना

Monday, March 2, 2015

कुलेखानी पिक्निक

पिकनिक इफेक्टले हो की सधै सात नबजी नउग्रिने मेरा आँखा पाच बजेको अलार्मलाइ उछिनेर साढे तिनमै उग्रियो I अरु बेलांमाँ "बाहिरको जाड़ोको को उठोस चाडो" भन्ने मेरो शरीर आज आफैं हतार गर्दै थियो I झंडै सात बर्ष पछि हामी स्कूले साथीहरु एककठ्ठा भएर पिकनिक जांदै थियौ I मन स्कूले जीवन झै चंचल थियो , त्यै बेलाको जोस र जांगरले ज्यान स्फूर्त भैरहेको थियो I