Friday, December 5, 2014

बार्गेन


गन्जी ढोका पछाडी खोपिएको किल्लामा झुन्ड्याएर लोग्ने भर्खर खाटमा पसारिएको थियो I छातीका रौँहरु मुसार्दै , बेलाँ बेलाँ त्याँ जमेका मयलहरु रगड्दै र त्यै मयल सूँन्ग्दै भाडा माजिरहेकी स्वास्नी तिर हेर्दै उसले कोठामा छाइराखेको सन्नाटा चिर्यो “ओई पोक्ची , सिद्देन ? चाडो गरन ! मलाई निन्द्रा नपरेर कस्तो गारो भैसको  I”   

अन्तिम गिलास पखाल्न लागेकी स्वास्नी अली ठुस्स परेको झैं देखिन्ती I लोग्नेको अगिको आग्रहमा कुनै प्रतिक्रिया नजनाई भाडा पखाली सक्केसी कोठाको बत्ति निभाएर एउटा म्याक्सी ज्यानमा उनेर उ पनी झुल पन्छाएर खाटमा पसार्री तर त्यो सानो खाटमा लोग्ने भन्दा एक हात पर र लोग्नेलाई आफ्नो नितम्बको भाग देखाएर र सुरु हुन्छ बार्गेनको कथा I