Wednesday, September 17, 2014

बा २ ख १८६४

ऊ त्यो तल्याडको टाएर छेउको  पात्र हुन केसप अंकल 

एक पिलेट चाकै पोल्ने पीरो चाउमिन र आधी मग चिसो पानी पेटमा घुल्न थालेको ५ मिनेट जति भएको थियो होला , म आङ तन्काउदै यता उति नजर डुलाम्दै थें I एक नजर त्यो त्रिशुली बगरको एक छेऊ तिर मान्छे गुजुम्म परेर उब्या देखें ! नेपाली न परें , मान्छ्या हुल देखेसी हेर्न जान रहर पलाइगो I नजिकीदै गर्दा गीतको शूटिंग झैं देखिन्त्यो | हिरुनी अली उत्तेजक खालको लुगा लाएर कम्मर हल्लाउदै गर्या तातो दृश्य तेतै नजिक गएसी देखें I