Saturday, February 1, 2014

स्व-बलात्कार





"राखिस?”
दुईटा?”
काँडेदार वाला?सम्झन कर लगाउदै थियो दिपक निर्मललाई  
निर्मल उत्तर खोज्न आफ्नो पर्स चाल्न थाल्यो । पर्सको बाहिर पट्टि १२ बर्ष अगाडी हराएकी उसकी दिदी "निर्मला"को हाँसीरहेको  फोटो टास्सीएको थियो । एक निमेष त्यस फोटोलाई खर्चेर उसले पर्स भित्रको खोचमा आफ्नो औला छिरायो जहाँ हिजै राति मात्र उसैले किनेको र अहिले खोजिरहेको उत्तर चेप्पिएको थियो । उसले दारी खौरीरहेको दिपकलाई एक पटक नियाल्यो तर आफुले भर्खर भेट्टाएको उत्तर सुनाउन आवश्यक ठानेन